site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकारले छिटै नै रिक्त स्थानमा राजदूत नियुक्त गर्ने र पहिलो सरकारले पठाएका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेको समाचार सार्वजनिक भएको छ । राजदूत नियुक्तिका लागि मापदण्ड तयार गरिएको र त्यसैका आधारमा नियुक्त गरिने दाबी परराष्ट्रमन्त्री लगायतले गर्दैआएका छन् । तर, यस्तो मापदण्ड राष्ट्रिय जीवनमा ख्यातिप्राप्त योग्य व्यक्तिलाई राजदूत नियुकत गर्नभन्दा आफ्ना पार्टीका कार्यकर्तालाई पुरस्कृत गर्न मिल्नेगरी प्रयोग गरिने सन्देह भने छँदै छ । केहीअघि सत्तारुढ दलभित्र योग्य व्यक्ति नभेटिएकाले राजदूत नियुक्तिमा समस्या भएको अभिव्यक्ति नेकपा (नेकपा) कै नेताले व्यक्त गरेको थिए ।

निकट अतीतमा भएका अधिकांश नियुक्तिल राजदूत पदकै गरिमा घटाएको छ । शासकहरूको नाता र कृपाका बलमा राजदूत नियुक्त हुने चलन त संसारमै नयाँ हैन तर नेपालमा भने राजदूत पद लिलाम गरिएको समेत चर्चा चलेको थियो । पञ्चायतकालभन्दा संसदीय राजतन्त्र रहेका अवस्थामा राजदूत पदको गरिमा घटेको देखिएको थियो तर २०६३ सालपछि त झन् त्यस पदको गरिमा नै बाँकी रहेन । राजनीतिक संक्रमणलाई दोष दिएर शासकहरू पन्छन खोज्लान् तर अस्थिरताले कुनै योग्य व्यक्तिलाई नियुक्त गर्न पक्कै रोक्ने थिएन । अहिले त राजनीतिक अस्थिरता छैन । तर, राजदूत नियुक्ति भने सरकारको प्राथमिकतामा पर्न सकेको देखिएन ।   
लामो समयसम्म राजदूत नियुक्त गर्न नसक्ता देशभित्र मात्र हैन विदेशमा पनि सरकारको असफलता प्रकट भएको छ । यसैले सरकारले राजदूत नियुक्तिलाई विशेष प्राथमिकता दिनुपर्थ्यो । राजदूत नियुक्त गर्ने अधिकार सरकारको हो । तर, सरकारले गर्ने व्यक्तिको चयन भने पारदर्शी हुनुपर्छ । संसदीय सुनवाइ व्यवस्थित र प्रभावकारी हुन सकेको छैन । यसले पनि सरकार बढी जिम्मेवार हुनैपर्छ ।

ढिलै भए पनि राजदूत नियुक्ति गर्ने तयारी गर्नु सकारात्मक हो । तर, भारतका लागि राजदूत नियुक्तिको सिफारिस गर्दा जस्तो गैरजिम्मेवार प्रवृत्ति दोहोरियो भने राजदूत नियुक्ति पनि सरकारलाई प्रत्युत्पादक बन्न सक्छ । यस्तै, राजदूतले राष्ट्रको प्रतिनिधित्व गर्ने हो । तर, अहिले त राजनीतिक नियुक्ति पाएका अधिकांश राजदूतलाई राष्ट्रको त परै छाडौं पार्टीको समेत साझा भन्न सक्ने अवस्था छैन । हुनत, राजदूतको नयाँ नियुक्ति पनि शासकहरूबीच भागबन्डामा सीमित हुने जोखिम भने धेरै नै छ । तर, नेपाली सबैले साझा भन्न सकिने व्यक्तित्वहरूलाई खोजेर देशको प्रतिनिधित्व गर्न पठाइने आशा मारिहाल्नु भने हुँदैन । राजदूत नियुक्ति वर्तमान सरकारको नियतको कसी हुनेछ । नेपालमा देशको प्रतिनिधित्व गर्न सक्ने इमानदार र योग्य व्यक्तिको कमी छैन । कुनै बेला नेपालका राजदूतमा यदुनाथ खनाल, पदमबहादुर खत्री, केदारभक्त माथेमाजस्ता साझा व्यक्तित्व पनि थिए भन्ने अहिले राजदूत छान्नेले ध्यान दिऊन् ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०७५  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC