site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी निकट भविष्यमै नेपाल आउन लागेको चर्चा छ । अब त प्रधानमन्त्री मोदी कतिपटक नेपाल आए भनेर गणना गर्न पनि छाडे हुने भयो । यस्तै मोदी आफ्नै चाहनाले नेपाल आउने हुन् कि उनलाई नेपाल सरकारले निम्त्याएको हो भन्ने विषय पनि गौण हुन पुग्यो । सन् २०१४ मा प्रधानमन्त्री हुनेबित्तिकै मोदी नेपाल आउँदा भारतको हेपाहा नेपाल नीतिमा परिवर्तन हुने हो कि भन्ने आशा जागेको थियो । तर, दोस्रो भ्रमणका बेलामा उनले बढी नै नेपालप्रति ‘अपनत्व’ देखाएर सल्लाह दिए । मोदीप्रतिको नेपालीको धारणा बदलियो । भारतको नेपाल नीति नबदलिएको स्पष्ट भयो । संविधान जारी भएपछि भुइँचालोले थलिएको नेपालमाथि नाकाबन्दी लगाएर मोदीको भारतले आफ्नो सक्कली नियत पुनः स्पष्ट ग¥यो । तर, त्यसपछि पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रम भने रोकिएन ।

रमाइलो के भने पहिले भारतमा मोदी नेपाल आउने घोषणा हुन्छ । अनि नेपाल सरकारले उनलाई भ्रमणका लागि निम्तो दिन्छ । मोदी आउँछन् । उनले रोजेकै ठाउँमा ‘नागरिक अभिनन्दन’ गरिन्छ । उनकै जस्तो पोसााकमा नेपालका प्रधानमन्त्री स्वागत गर्न पुग्छन् । कार्यसूची जे भए पनि मोदीको नेपाल भ्रमणमा तीर्थाटन पनि जोडिएकै हुन्छ । र, भारतमा त्यसलाई धार्मिक यात्राका रूपमा प्रस्तुत गरिन्छ । यसपटक त झन् विवाह पञ्चमीकै बेलामा मोदी नेपाल आउने प्रचार गरिएको छ । मोदीले आउन चाहेपछि प्रधानमन्त्री केपी ओलीले उनलाई पक्कै निम्ता दिने नै छन् । विवाह पञ्चमीमा अबधबाट जन्ती आउने परम्परा छ । गुजरातका मोदी पनि ‘बाराती’का रूपमा आउने होलान् । हुनत, मोदीको भ्रमणको कार्यसूची सार्वजनिक भइसकेको छैन तर उनले त्यसलाई धार्मिक रंग दिएर राजनीतिक लाभ लिने प्रयास भने पहिलेजस्तै गर्ने अनुमान सहजै गर्न सकिन्छ ।      

उनको भ्रमणलाई सर्वसाधारण नेपालीले भने खासै रुचाएको पनि देखिँदैन । प्रदेश नम्बर २ प्रति मोदीले देखाएको मोहले पनि शंका र अविश्वास नै बढाएको छ ।  भारतका सीमावर्ती राज्यहरूको नेपालको तराईसँग निकट सामाजिक सम्बन्ध र सांस्कृतिक समानता छ । तर, यसको अर्थ भारतका शासकले नेपाललाई उनीहरूको स्वार्थमा प्रयोग गरेको नेपालीले सहिरहनुपर्छ भन्ने पनि हैन । नेपाल स्वतन्त्र र सार्वभौम देश हो । भारतको अहित गर्नु नेपालकै हितका लागि पनि उचित हुँदैन तर भारतीय राजनीतिको पक्षविपक्षमा नेपाल सरकार नै प्रयोग हुनु हुँदैन । मोदीको अगिल्लो भ्रमण कर्णाटक राज्यको विधानसभा चुनावकै बेलामा भएको थियो । सन् २०१८ को अन्त्यतिर पनि अरू केही विधानसभाको चुनाव हुँदैछ । भूकम्पपछिको पुनर्निर्माणका लागि दिने भनिएको सहयोगसमेत दिन आलटाल गर्ने प्रधानमन्त्री मोदीको नेपाल मोह नेपालको हितमा देखिँदैन । मोदीको प्रत्येक भ्रमणमा नेपाल सरकारको समेत लोकप्रियता घटेको यथार्थ प्रधानमन्त्री ओलीले आत्मसात् गर्नु उचित हुनेछ । मोदी यसपटक पनि अवाञ्छित पाहुना हुन् भन्ने सन्देश कूटनीतिक माध्यमबाट भद्ररूपमा दिनुपर्छ ।  मोदीसँगको निकटता नेपाली जनताले मात्र हैन भारतकै अरू प्रगतिशील राजनीतिक शक्तिहरूले पनि रुचाउँदैनन् । मोदीको मोहभित्र लुकेको स्वार्थलाई बेलैमा चिन्नु नेपालको हितमा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०७५  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC