site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौँ । काठमाडौँको पुरानो व्यापारिक केन्द्र अशन क्षेत्रका तुलाधर समुदायले खड्ग जात्रा गरी शनिबार दशैँ मनाएका छन् । 

विजयादशमीको भोलिपल्ट यहाँ विशेष बाजागाजासहित मनाइने उक्त जात्रामा आसुरी शक्तिलाई परास्त गरेर उनीहरुले टीका, जमरा लगाएका हुन् । हाल काठमाडौँ महानगरपालिका–२७ मा पर्ने अशनस्थित तुलाधर समुदायको कुल देवताको घरबाट निकालिने जात्रामा सहभागीले अन्नपूर्ण मन्दिर परिक्रमा गरेपछि त्यही घरमा गएर कुबिन्डो काटेर आसुरी शक्तिको नाश गरेका थिए । 

तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाइने परम्परा छ । कलात्मक शैलीमा दैत्यको चित्र बनाइएको दुई वटा कुबिन्डोमा अढाइ वर्षका बालक सायन तुलाधरले मार हानेर असुरी शक्तिमाथि विजयी प्राप्त गरिएको घोषणा गरिएको थियो । 

Agni Group

सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रुपमा मिश्रण गरिएको छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले घटस्थापनाका दिन विधि विधानपूर्वक जमरा रोपेर शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरेका थिए । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएको विश्वास गरिएको जात्राका संरक्षक प्राज्ञारत्न तुलाधरले बताए । 

सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन आफन्त, नातागोता बोलाइ अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने गर्छन् । 

Global Ime bank

काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा खड्ग जात्रा पर्व मनाइने गरिन्छ । खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्ग धारणा गरिएको हुन्छ । युद्धपछि चक्रवर्ती सम्राट बनेका अशोक खुशी र शान्त हुन नसकेपछि हतियार छाडेर बौद्धमार्गी बनेको सन्देश नयाँ पुस्तालाई दिनका लागि जात्राको परम्परा शुरु गरिएको भाषा विज्ञानका प्राध्यापक एवं संस्कृतिविज्ञ निर्मल तुलाधरले बताए । 

शक्तिपीठबाट तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट जात्रा चलाइन्छ । हिन्दू परम्पराका देवीलाई बौद्ध अनुयायीले शक्ति सञ्चयको केन्द्र मान्ने र असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा सम्मान गर्ने हुँदा जात्राले दुवै धर्मावलम्बीलाई सांस्कृतिक एकता गरेको व्यवसायी ज्ञानेन्द्ररत्न तुलाधरले विचार व्यक्त गरे । 

यसैबीच काठमाडौँको उत्तरी भेग टोखामा पनि आजै खड्ग जात्रा गरिएको छ । जीवित देवी कुमारी र गणेशलाई सहभागी गराई स्थानीय तलेजु मन्दिरबाट जात्रा निकालिन्छ । दशमीका दिन काठमाडौँमा टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलबाराही, यट्खाबाट कंकेश्वरी, महाबौद्घ, किलागल र तलेजु भवानी लगायतका पीठबाट खड्गजात्रा निकालिएको थियो । 

भक्तपुरमा गएराति खड्गजात्रा सम्पन्न भएको छ भने गत बिहीबार ललितपुरमा पनि यस्तै जात्रा सम्पन्न गरिएको छ । जुन जात्रा करीब दुई दशकपछि गरिएको थियो । कीर्तिपुरमा पनि महिलाले खड्ग जात्रा निकाल्ने परम्परा छ । देशका विभिन्न स्थानमा गरिने जात्राको महत्व र विशेषता भने फरक फरक रहेको पाइन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC