site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

साउदी सत्ताका आलोचक पत्रकार जमाल खसोगीको हत्या टर्कीस्थित साउदी वाणिज्य दूतावासभित्र भएको पुष्टि अन्ततः साउदी अरेबिया सरकारले नै गरेको छ । पत्रकार खसोगी साउदी दूतावासभित्र गएको भिडियो सार्वजनिक भइसकेपछि पनि लामो समयसम्म साउदी सरकारले उनको हत्या दूतावासभित्र भएको आरोप इन्कार गर्दै आएको थियो । टर्की सरकारले भने साउदी वाणिज्य दूतावासभित्रै पत्रकार खसोगीको हत्या भएको प्रमाण आफूसँग रहेको दाबी गर्दै आएको थियो । गत अक्टोबर २ का दिन निजी कामले वाणिज्य दूतावासभित्र गएका खसोगी त्यहीबाट बेपत्ता पारिएका थिए । अन्तर्राष्ट्रिय समुदायको आलोचना र टर्की सरकारको दबाबपछि गत अक्टोबर २० मा साउदी सरकारले पारस्परिक झडपमा दूतावासभित्रै उनको मृत्यु भएको जानकारी दिएको हो ।

पहिले साउदी राजपरिवारको निकट पत्रकार जमाल खसोगी पछि आलोचक हुनपुगेपछि अमेरिका निर्वासनमा थिए । सम्बन्ध विच्छेद र नयाँ विवाहको काममा उनी साउदी वाणिज्य दूतावास गएका थिए । उनीमाथि निगरानी राख्दै आएको साउदी अरेबियाका गुप्तचरहरूले उनलाई दूतावासभित्रै मारी शव टुक्राटुक्रा पारेर गायब पारेको टर्कीको प्रहरीले दाबी गरेको छ । सरकारको स्वीकारोक्तिपछि जमाल खसोगीको हत्या  साउदी अरेबियाको शासकहरूकै आदेश र अनुमतिमा भएको अनुमान सहजै गर्न सकिन्छ । अधिनायकवादी शासन भएको मुलुकमा शासकहरूको इसारा नभई दूतावासभित्र प्रख्यात पत्रकारको हत्या गर्ने आँट गुप्तचरहरूले गर्न सक्तैनन् । शासककै आदेश नहुँदो हो त दूतावासभित्रै हत्या पनि गरिने थिएन । यसैले जमााल खसोगीको हत्याको कलंक साउदी शासकमाथि लागेको छ भन्न हिचकिचाउनु पर्दैन ।    

Prabhu Bank
Agni Group
NIC Asia

एक्काइसौं शताब्दीको दोस्रो दशकमा पनि शीतयुद्ध कालकै झल्को दिने हत्याकाण्ड बढ्दै गएको देखिएको छ । मध्ययुगीन बर्बरताको झल्को त साउदी अरेबियाका शासन र कानुनले पनि दिएकै छ । तर, आफूसँग असहमत र आलोचकहरूलाई विदेशमा गएरसमेत हत्या गर्नसमेत नहिचकिचाउने क्रूरता पनि साउदी सरकारले देखायो । साउदी सरकारमाथि लागेको पत्रकार हत्याको कलंक कहिल्यै मेटिनेछैन । अन्तर्राष्ट्रिय समुदाय पनि साउदी तेल र पैसाका कारण अपेक्षाकृत मौन नै रहने निश्चित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप एर्दोआनले खसोगीको हत्यामा साउदी सरकारको संलग्नता पुष्टि भए कडा कदम उठाइने धम्की दिएका थिए । तर, यी दुवैको मानवाधिकारप्रतिको प्रतिबद्धता पटक्कै भरपर्दो छैन । 

रुस र चीन त यसै पनि यस्ता हत्यामा संलग्न रहँदै आएका छन् । साउदी शासकमाथि औंला उठाउने नैतिक अधिकार तथा चाहना तिनमा नहुनु अस्वाभाविक हैन । युरोपेली संघले यस विषयमा मानव अधिकारका पक्षमा अडान लिने अपेक्षा गर्न सकिन्छ । नेपाल सरकारका तर्फबाट यस घटनाको निन्दा गरिने अपेक्षा गर्नु सायद मूर्खता हुनेछ । तर, एक्काइसौं शताब्दीको नेपाली समाज भने पक्कै पनि जमाल खगोसीको हत्याका लागि साउदी शासकको निन्दा गर्न हिचकिचाउनेछैन । अन्तर्राष्ट्रिय ख्यातिका पत्रकारको समेत यसरी हत्या गर्ने शासकले आफ्ना अरू विरोधीसँग कस्तो व्यवहार गरेका होलान् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । खसोगीको हत्यामा साउदी शासकको संलग्नताका विषयमा अन्तर्राष्ट्रिय स्तरबाटै छानबिन गरी दोषीमाथि कारबाही भएमात्र साउदी अरेबियाका जनता सुरक्षित हुनेछन् । बन्दुकका बलमा न्याय थिचिने त गरेकै थियो अब पैसाका बलमा पनि अन्तर्राष्ट्रिय समुदायले दोहोरो मापदण्ड अपनाउने हो कि भन्ने डर उत्पन्न भएको छ । खसोगीका हत्यारामाथि कानुनी कारबाही र साउदी सरकारको अन्तर्राष्ट्रिय बहिष्कार हुनुपर्छ । अनिमात्र हामी एक्काइसौं शताब्दीमा बाँचेको भन्न सकिनेछ ।    
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC