site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

बैतडी । नेपालीहरुको महान् चाड मानिने बडादशैँको चहलपहल जताततै छाइरहेका बेला बैतडीका स्थानीय महिला भने हिउँदका लागि खर काट्ने काममा व्यस्त भएका छन् । 

पछि गहुँ छर्नका लागि खेत तयार पार्ने बेला आउने भएकाले दशैँको महत्वभन्दा पनि उनीहरुले घाँस भित्र्याउने कामलाई निरन्तरता दिएका हुन् । स्थानीय महिलाले छिमेकीसँग पालोपैँचो गरी खर घाँस काट्ने गर्छन् । 

Agni Group

हिउँदे मौसममा गाईभैँसीलाई खुवाउन घाँसको अभाव हुने भएकाले मकैबाली भित्र्याएर खर घाँस भित्र्याउनमा लागेको हरिना साउदको भनाइ छ । यो मौसममा धेरै कामको चटारो हुने भएकाले कामको सिलसिलामा भारत गएका धेरैजसो युवा पनि घर फर्कने गरेका छन् । 

बैतडीका महिला दशैँको रमझममा रमाउनुभन्दा खर काट्नमै व्यस्त रहेका पाइन्छन् । मङ्सिर पहिलो सातातिर वनमा रहेको हरियो घाँसलाई काटेर खर बनाउने कार्य सम्पन्न गर्ने गरिन्छ । 

Global Ime bank

खर काट्ने बेला कतिपय ठाउँमा भिर भएकाले महिलाले जोखिम मोलेरसमेत खर काट्ने गरेका छन् । हरियो घाँसको लोभमा उनीहरु भिरमा चढेर खर काट्ने भएकाले प्रत्येक वर्ष अप्रिय घटनासमेत हुने गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC