काठमाडौं । नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टिका र जमरा लगाइको छ ।
आज विजयादशमीको टिकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि रहेको थियो ।
असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको सम्झनामा मनाउने गरिन्छ ।
राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टिका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टिका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिएको छ ।