site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दसैंंपछि कार्यशैली बदल्दै प्रधानमन्त्री, ‘बा’ भन्ने प्रति अनुदार
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं लगत्तै सरकारको कार्यशैली परिवर्तन गर्ने मूड बनाएको उनी निकट स्रोतले बताएको छ । 

उक्त स्रोतले शुक्रबार बाह्रखरीलाई जानकारी गराएअनुसार सरकारको कार्यशैलीको ‘ट्रयाक’ बदल्नका लागि उनले केही मन्त्रीलाई हटाउने र अहिले विभिन्न मन्त्रालय लिइरहेकाहरुलाई पनि हेरफेर गर्ने मनस्थिती बनाएका छन् । 

मन्त्रिमण्डल हेरफेरका क्रममा प्रधनमन्त्री ओली विवादमा आएका र चित्त बुझ्दो काम गर्न नसकेका मन्त्रीहरु हटाउने तयारीमा रहेको स्रोतले बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

‘बा’ भन्ने प्रति अनुदार

२०६२/६३ को आन्दोलनपछि पार्टीमा युवाहरुको एउटा पुस्ताले ओलीलाई ‘बा’ भन्ने गरेको तर्फपनि प्रधानमन्त्री असन्तुष्ट रहेको बुझिएको छ । उनले त्यसो नभन भनेर कसैलाई निर्देशन नदिए पनि उनीहरुलाई त्यति प्राथमिकतामा पार्न छोडेको स्रोतले बताएको छ । पहिला नेकपा एमालेमा रहेका ती युवाहरुले आपसमा कुरा गर्दा ‘ओली बा’ भन्ने गरेको बुझिएको छ । “ओली बा भन्नेले एकताका बालुवाटार कब्जामा लिन खोजेपनि अब प्रधानमन्त्रीले माइनस गर्दै हुनुहुन्छ” स्रोतले भन्यो ।

Global Ime bank

महेश बस्नेतसँग रुष्ट

प्रधानमन्त्री निकट मानिने युवा नेता महेश बस्नेतले मन्त्रीमण्डल चाँडै हेरफेर गरिने भनेर केही दिन अघि एउटा सार्वजनिक कार्यक्रममा बोलेकोमा प्रधानमन्त्री असन्तुष्ट भएका छन् । 

विहीबार गृहजिल्ला झापा गएका उनले कार्यकर्ताहरुसँगको कुराकानीमा त्यो असन्तुष्टि पोखेका थिए । त्यस्तो कुरा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल वा महासचिव विष्णु पौडेल सम्मले भनेको भए सुहाउने तर बस्नेतले जथाभावी बोलेको भनेर प्रधानमन्त्री असन्तुष्ट बनेका हुन् ।

आफ्ना होइन अब विज्ञ

प्रधानमन्त्री ओलीले अब राजदूत लगायतका राष्ट्रिय महत्वका नियुक्तिमा आफ्ना दलका सदस्यलाई मात्रै होइन कुरा बुझेका विज्ञलाई नियुक्त गर्ने तयारी थाल्न आफू निकट नेताहरुलाई भनेका छन् । “दसैंंपछि साँच्चै देश बनाउने अठोटका साथ उहाँले आफ्नो कार्यशैलीको ट्रयाक बदल्न लाग्नु भएको छ,” उनी निकट स्रोतले भन्यो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC