site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भुटानमा नयाँ दलको उदय, सर्जन बन्दैछन् नयाँ प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

थिम्पु । भुटानमा बिहीबार भएको तल्लो सदनको निर्वाचनमा ४७ मध्ये ३० सीट जितेर ड्रुक न्यामरुप सोग्पा विजयी भएको छ । अर्को दल ड्रुक फुएन्सम सोग्पाले १७ सीट जितेर दोस्रो स्थान हासिल गरेको छ । 

त्यसैले, ३० सीट जित्ने दलले आगामी सरकार बनाउने निश्चित भएको छ । समाचार एजेन्सीहरुले जनाए अनुसार निर्वाचन जित्ने पार्टीले स्वास्थ्य समस्या र देशको विकासलाई आफ्नो एजेण्डाको रुपमा उठाएको थियो । सो पार्टीका नेता डा.लोटे छिरिङ एक सर्जन पनि हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघिका प्रधानमन्त्री छिरिङ तोग्बेको दल पिपुल्स डेमेक्र्याटिक पार्टी गएको सेप्टेम्बर १५ तारेख भएको पहिलो चरणको निर्वाचनमा नै तेस्रो स्थानमा पुगेकोले दोस्रो तथा अन्तिम चरणमा सो पार्टी प्रतिस्पर्धामा नै सामेल भएको थिएन । 

निवर्तमान प्रधानमन्त्री तोग्बेले भावी प्रधानमन्त्री लोटे छिरिङलाई बिहीबार नै बधाई दिएका छन् । सरकारमा आउन लागेको नयाँ पार्टीको आगामी दिनमा विदेशमामिलामा कस्तो रणनीति लिन्छ भनेर उसका छिमेकी राष्ट्र भारत र चीनले नै चासोका साथ हेरेको पाइएको छ । 

Global Ime bank

भारतसँग निकट रहेको दल भने यसअघि पहिलो चरणको निर्वाचनमा नै प्रतिस्पर्धाबाट बाहिर परिसकेको छ । निर्वाचन जित्ने दल सन् २०१३ मा मात्रै खुलेको हो । २०१३ को निर्वाचनमा सो दल तेस्रो स्थानमा परेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC