site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

हुम्ला । दशैँका बेला हुम्लाका बासिन्दाले दशैँलाई भन्दा पनि कामलाई बढी महत्व दिने गरेका छन् । 

दशैंका बेला गाउँघरमा किसानलाई कात्तिके कामले छोएको छ । यति बेला दशैँसँगै कात्तिके बालीनाली भित्र्याउने समय पनि भएकाले दशैँलाई ओझेलमा पारेको चङ्खेली गाउँपालिकाका भक्तराज ऐडीले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

हिमाली जिल्ला हुम्लामा एक बाली मात्र खेती हुने र छ महीनाको खेतीपातीले अर्को छ महीनासम्म पुर्याउनु पर्ने भएकाले यतिखेर यहाँका खेतीपातीमा लगाइएको कोदो, मकै, फापर, आलुजस्ता अन्न भित्र्याउन स्थानीयवासी व्यस्त छन् । कृषक बिहान ४ बजे उठेर खेतबारीको तुलफल टिप्ने र राति ८÷९ बजे घर फिर्ता हुने गरेको उनले जानकारी दिए ।  

वर्षमा एकचोटी आउने चाडमा पनि वैशाख, जेठमा लगाएका बालीनाली समयमै घर नभित्र्याउँदा बारीमै कुहिने चिन्ताले पनि यहाँका किसानले दशैँभन्दा महत्व कात्तिकको कामलाई दिने गरेको सिमकोट गाउँपालिका–२ ठेहेका हेमन्त बोहराले बताए । 

Global Ime bank

यति बेला पाकेका फलफूल समयमै घर नभित्र्याए चरा– चुरुङ्गीले खाने र पाकेको फल झरेर खेर जाने भएकाले पनि यहाँका कृषक व्यस्त भएका हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०७५  ०८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC