site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

बलेवा । दशैंका बेला घरघरमा खसी काट्ने परम्परा अन्त्य गर्ने उद्देश्यका साथ जैमिनी नगरपालिका–१ जलुकेनी, अर्खलापाटाका २० परिवारले सामूहिक खसी काटेर दशैं भोज गरेका छन् । 

सबैको घरमा खसी काटेर दशैं मनाउने अवस्था थियो, यसले हुनेखाने र हुँदाखानेको बीचको दशैं फरक हुने भएकाले यसको अन्त्यका लागि यहाँका युवाहरुको सक्रियतामा २० परिवारका लागि एकै ठाउँमा सामूहिक भोजको आयोजना गरिएको हो । 

Agni Group

गाउँका सबैलाई दशैंको महसूस गराउनका लागि यो कार्यक्रमको आयोजना गरीएको बताइएको छ । २० परिवारका लागि एउटा खसी काटेर सबै सदस्यलाई खानपिनको व्यवस्था मिलाएको छ । 

“पछिल्लो समय दशैंको नाममा अत्याधिक खर्च गर्ने प्रवृत्तिको विकास हुँदै आएको छ” जैमिनी–१ अर्खलापाटाका रविन्द्र शर्माले भने, “दशैंलाई सबैको साझा र उल्लासमय पर्वको रुपमा विकास गर्नका लागि सामूहिक भोजको आयोजना गरिएको हो ।” 

Global Ime bank

सबैलाई पायक पर्ने बारीको पाटामा सेल रोटी पकाएर खसीको मासुसँग सबैलाई भोजन गराएर शुभकामना आदानप्रदान गरी मनाइएको सामूहिक भोजमा वृद्धवृद्धादेखि बालबालिकासम्मको सहभागिता थियो । 

“कोही कामको खोजिमा विदेशिएका छन्, त कोहि स्वदेशका विभिन्न ठाउँ तथा कोहि गाउँघरमा नै खेती किसानी गरेर बसेका छन्,” अर्खलापाटकै पवन आचार्यले भने, “एकै गाउँका दाजुभाईको बीचमा चिनजानसमेत नहुँने वातावराण बन्दै गएपछि सामूहिक भोज गर्दा चिनजान गर्ने अवसर पनि पाइएको छ ।” रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC