site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतीय संगीतकार अनु मल्लिक पनि #metoo मा आरोपित
Sarbottam CementSarbottam Cement

भारतकी एक गायिका श्वेता पण्डितले प्रख्यात संगीतकार अनु मल्लिकले आफूलाई सन् २००१ मा एक गीत गाउन मौका दिने बहानामा चुम्बन गर्न दबाब दिएको खुलासा एक ट्विटमार्फत् गरेकी छिन् । 
गएको बुधबार अर्थात् असोज ३१ मा श्वेता पण्डितको भेरिफाइड ट्विटर ह्यान्डलबाट गरिएको सो खुलासाका अनुसार उनले आफूलाई यो कुरा खोल्न निकै समय लागेको भए पनि अहिले आएर पुरानो घाउ देखाएको कुरा लेखेकी छिन् । सन् २००० मा अमिताभ बच्चन, शाहरुख खान तथा ऐश्वर्या राय खेलेको चर्चित सिनेमा मोहब्बतेंमा एउटा गीत गाएर आफू चर्चित भएको र अर्को त्यस्तै गीत गाउने सोचमा रहेका बेला अनु मल्लिकका निजी सचिवले आफूलाई मल्लिकसँग भेट्न बोलाएको कुरा उनले लेखेकी छिन् ।

सन् २००१ को मध्यतिर आफूलाई मल्लिकले भेट्न बोलाएकोमा उनी निकै उत्साहित हुँदै अन्धेरी, मुम्बईमा रहेको एम्पाएर स्टुडियो गइन् । त्यसबेला उनको उमेर केवल १५ वर्ष थियो । आफूले अनु मल्लिकको संगीतलाई मन पराउने गरेको र उनले संगीतबद्ध गरेका गीत घण्टौं रियाज गर्ने गरेको पनि उनले बताएकी छिन् । 

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

उक्त स्टुडियोमा आवारा पागल दिवाना नामक सिनेमाको लागि सुनिती चौहान तथा शानको स्वरमा एक सामूहिक गीत रेकर्ड गराइरहेका थिए संगीतकार मल्लिक । आफ्नी आमासँग सो स्टुडियोमा पुगेकी श्वेतालाई गीत रेकर्डिङ स्टुडियोसँगैको एउटा क्याबिनमा एक्लै पर्खन लगाइयो । केही छिनमा अनु मल्लिक आएर उनलाई एउटा गीत बिना संगीत गाउन लगाए । उनले हर दिल जो प्यार करेगा सिनेमाको एउटा गीत गाएर सुनाइन् । उनको विचारमा त्यो गीत निकै राम्रो गाएकी थिइन् । 

उनको आवाज सुनेपछि अनु मल्लिकले आफू उनलाई सुनिती र शानसँग गाउन दिन तयार रहेको बताए । अनि भने, तर मलाई एकपल्ट किस गर्नुपर्छ । त्यसपछि मल्लिक एक भद्दा हाँसो हाँसे । पण्डित लेख्छिन्, ‘उनले जीवनमा यति घिनलाग्दो हाँसो कहिल्यै देखेकी थिइनन् । तर, उनलाई मल्लिकले चुम्बन लिन जबर्जस्ती गरे वा गरेनन् भन्ने विषयमा भने पण्डितले केही लेखेकी छैनन् । आफूलाई त्यसबेला कसैले पेटमा छुरा घोपेको जस्तो बेदना र पीडा भएको श्वेता पण्डितले बताएकी छिन् । आफू १५ वर्षकी मात्र भएकी र स्कुलमा पढ्दै गरेकी एक बालिका भएको कुरा पनि उनले स्पष्ट लेखेकी छिन् ।

Global Ime bank

उनका बालाई मन्धीर भाइ भन्ने अन्नु मल्लिकले उनको परिवार ४ पुस्तादेखि गीत गाउँदै आएको घराना भनेर चिनेको र आफूले अंकल भनेर बोलाउने यस्ता व्यक्तिले गरेको व्यवहारले पण्डित मर्माहत भएकी थिइन् । त्यसपछि आफू धेरै महिना यस बेदनाबाट पीडित भएकी र आफ्ना अभिभावकलाई पनि सो कुरा बताउन नसकेको कुरा समेत पण्डितले लेखेकी छिन् । उनको युवाकालमा सो घटनाले निकै असर पारेको र आफूले यो क्षेत्र नै छोड्ने मनस्थितिसमेत उनले बनाएकी थिइन् । तर कसैगरी यस्ता बाल यौन व्यभिचारीसँग आफू लड्ने संकल्पसहित संगीत क्षेत्रमा टिकेको कुरा पनि उनले बताएकी छन् । 

मल्लिकले यस्तो व्यभिचार अन्य गायिकासँग पनि गरेको र अरुले पनि अब अघि आउनुपर्ने विचार पनि पण्डितले व्यक्त गरेकी छिन् ।

मल्लिकले पण्डितको भनाइको खण्डन गरे पनि अर्की गायिका सोना मोहपात्रले अनु मल्लिकलाई पहिल्यै आरोप लगाइसकेकी छिन् । मोहपात्रका अनुसार मल्लिकले उनलाई “माल” भन्ने गरेको तथा रात–बिरात फोन गर्ने गरेका थिए । 

तस्बिर : इन्डिया टाइम्स र बलिउड हंगामा
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC