विदेश
काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले एक हिन्दू मन्दिरका लागि डेढ विघा जग्गा दिएकी छन् । राजधानी ढाकास्थित ढाकेश्वरी मन्दिरका लागि उनले सो जग्गा दिएकी बीबीसीले जनाएको छ । उक्त मन्दिरले ६ दशक अघिदेखि जग्गा माग गरिरहेको थियो ।
यो उपहारसँगै मुस्लिक बहुल बंगलादेशमा अल्पसंख्यकमाझ पनि हसिनाको छवि राम्रो हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री हसिना तीन दिन अघिमात्र ढाकेश्वरी मन्दिर गएकी थिइन् । उनले दिने घोषणा गरेको जग्गाको मूल्य करिब ४३ करोड भएको बताइएको छ । ढाकेश्वरी मन्दिर बंगलादेशकै सबैभन्दा ठूलो मन्दिर हो, जसको नामबाट राजधानी ढाकाको नामसमेत राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५ १४:०६
प्रतिक्रिया दिनुहोस्