खेल
काठमाडौं । नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
एकदर्जन देशका ३३ सैन्यटोलीबीच पाकिस्तानको लाहोरमा यही असोज २२ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त स्पर्धामा नेपाली सेनाले तेस्रो स्थानसहित काँस्य पदक जितेको हो । नेपाली सैनिक टोलीबाट १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।
विजयी टोली आजै स्वदेश फर्केको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५ १८:२५
प्रतिक्रिया दिनुहोस्