site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

बाह्रखरी परिवार आफ्ना पाठक, शुभेच्छुक, सहयोगी, सहकर्मी तथा समस्त नेपालीमा बडादसैं २०७५ को हार्दिक शुभकामना !


दसै नेपालीको साझा चाड हो । दसैं हिमाल, पहाड र तराई सबैतिर मनाइन्छ । दसैंको धार्मिक महत्त्व पनि छ । शाक्तहरू दसैंमा भगवतीको पूजा गर्छन् । तर, दसैं शतिपूजकहरूको मात्रै चाड भने हैन । शक्ति पूजा नगर्नेहरू वा पूजासँग सरोकार नराख्नेहरूले पनि दसैं भने उत्तिकै रामाइलोसँग मनाउँछन् । यसैले दसैंलाई नेपालीको साझा चाड मानिएको हो ।

Agni Group


दसैं पारिवारिक मिलनको पर्व पनि हो । परिवारबाट अलग्ग देशविदेश जहाँ रहेका भए पनि नेपालीहरू सकेसम्म एकै ठाउँमा जम्मा भएर दसैं मनाउन चाहन्छन् । दसैंमा मीठो खाने र नयाँ लुगा लगाउने चलन छ । यसैले त दसैं बूढापाकादेखि बालबालिकासम्मको साझा चाड बनेको हो । सबैभन्दा धेरै नेपालीले मनाउने पर्व दसैं नै हो । यसैले दसैंलाई नेपाली संस्कृतिकै पर्याय पर्वका रूपमा पनि लिन सकिन्छ ।


दसैं अचेल बढी नै उपभोक्तावादी हुँदैगएको छ । यसरी नै महँगो हुँदै गयो भने दसैं मनाउनेको संख्या बिस्तारै घट्नेछ । पहिले पो बहुसंख्यक नेपाली गुजारामूलक खेतीमा निर्भर थिए । दसैं मनाउन चाहिने अन्नपात, राँगाखसी, घिउतेल किसानसँग हुन्थ्यो । किन्नु पर्दैन थियो । यसैले महँगीको धेरै असर दसैंमा पर्दैनथियो । तर, अहिले बहुसंख्यक नेपालीले यीमध्ये धेरै वा सबै कुरा किनेर गुजारा गर्नुपर्छ । यसैले दसैंले मूलतः घरमूलीहरूलाई सकस बढाउने गरेको छ । अतः दसैं नेपाली सबैको साझा पर्वका रूपमा मनाउन नछाडियोस् भन्ने हो भने बढ्दै गएको उपभोक्तावादी बानीलाई नियन्त्रण गर्नु जरुरी छ । 
जेहोस्, दसैं जाति वा धर्म विशेषको धामिर्कक पर्व भन्दा बढी सबै नेपालीको साझा सांस्कृतिक चाड हो । यसैले यसलाई सबै नेपालीको पर्वकै रूपमा मनाऊँ । 

Global Ime bank


सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि र सुस्वास्थ्यको मंगलमय कामना !
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC