site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

म्याग्दी । एक व्यक्तिको निजी लगानीमा जलजला गाउँपालिका–३ स्थित ऐतिहासिक मल्लाज कोत भगवती मन्दिरको पुनःनिर्माण भएको छ । काठमाडौंको ताहचलका शिवकुमार श्रेष्ठले दिवङ्गत बुवा बाबुलाल र आमा बालकुमारी श्रेष्ठको स्मृतिमा मन्दिर पुननिर्माण गरेका हुन् ।  

श्रेष्ठको रु ३६ लाख सहयोगमा बाइसे÷चौबिसे राज्यका पालामा निर्मित ऐतिहासिक मन्दिरको पुनःनिर्माण गरिएको मल्लाज कोत पूजा व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर जिसीले जानकारी दिए । आफ्नो जन्मथलोको ऐतिहासिक, धार्मिकस्थल जीर्ण बनेपछि स्थानीयवासीले गरेको अनुरोधअनुसार पुनःनिर्माणमा सहयोग गरेको श्रेष्ठले बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

श्रेष्ठले मन्दिर पुनःनिर्माणका लागि विसं २०७२ मा सञ्चालन भएको महायज्ञमा सहयोगको घोषणा गरेका थिए । महायज्ञबाट सङ्कलित रकमबाट रु एक करोड ४० लाखको लागतमा मन्दिर परिसरमा पूजास्थल, भवन निर्माण र कोत परिसरको खेलमैदान विस्तार गरी प्याराफिट बनाइएको छ । मन्दिरको प्रवेशद्वार नजीकै एक जोडी बाघको शालिक बनाइएको मल्लाज भगवती कोत मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष टेकबहादुर जिसीले बताए ।  

करिब ५०० वर्ष पुरानो कोत मन्दिर बाइसे÷चौबीसे राज्यका पालामा तत्कालीन मल्लाज राज्यका राजाले पूजाआजाका लागि निर्माण गरेका थिए । कोत मन्दिरको जीर्णोद्धार गरी नयाँ संरचना निर्माण भएपछि पूजा व्यवस्थापनमा सहज हुनुका साथै मन्दिरको धार्मिक पर्यटन प्रर्वद्धनमा सहयोग मिलेको वडाध्यक्ष रवि भण्डारीले बताए ।  रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC