देश
महोत्तरी । कुष्टरोगबाट पीडित ७० वर्षीय मरिचमान तामाङ्गको परिवारलाई दशैं मनाउनका लागि बर्दिवास नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिवास ११ स्थित अतिगरिव तामाङ्गको परिवारलाई दशैं मनाउनका लागि ३० किलो चामल, तीन लिटर खानेतेल, तीन किलो नुन, मरमसाला, एक÷एकजोर कपडा र नगद पाँच हजार सहयोग स्वरुप मंगलवार साँझ उपलब्ध गराएको हो । रासस
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५ २३:५५
प्रतिक्रिया दिनुहोस्