site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
म मेरै चलचित्र त हेर्न सक्तिन, बाँकी कुरा नगरौं
Sarbottam CementSarbottam Cement

रङ्गमञ्चको बाटो हुँदै सेतो पर्दामा पुग्ने कलाकारको संख्या नेपाली चलचित्र उद्योगमा ठूलो छ । अहिले त रङ्गमञ्चका कलाकारको बोलावाला छ चलचित्रमा । आर्ट मुभीदेखि व्यापारकेन्द्रित चलचित्रसम्ममा रङ्गमञ्चकै कलाकारको माग छ । अहिले बजारमा लोकप्रिय अभिनेता सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, बुद्धि तामाङ, सिर्जना सुब्बा, नाजिर हुेसनलगायतका कलाकार रङ्गमञ्चकै उत्पादन हुन् । यीनैमध्येका एक सौगात मल्ललाई कुनै बेला नेपाली चलचित्र उद्योगमा भ्याईनभ्याई थियो । हलमा उनका चलचित्र प्रत्येक महिना रिलिज हुन्थे । कति चलचित्रको रिलिज डेट नै जुझ्थ्यो । तर अहिले उनका चलचित्र आक्कलझुक्कल मात्रै लाग्छन् । किन कम भयो उनका चलचित्रको संख्या, अफर नै आउन छाड्यो कि चुजी हुन थाले, नेपाली चलचित्र उनलाई कस्तो लाग्छ, सन्तोषजनक चलचित्र बनिरहेका छन् या छैनन् ? यी र यस्तै प्रश्न बाह्रखरीका नरेश फुयाँलले सौगातसमक्ष राखेका छन् । 

तपाईं मिडियादेखि भागिरहनु हुन्छ, मिडियाले चाहिँ यहाँलाई पछ्याइरहन्छ । किन मिडिया फेस गर्न चाहनुहुन्न ? 
भागेको पनि कसरी भन्नु । मिडियासँग कुरा गरिरहेको जस्तो लाग्छ । अहिले त सपनामा पनि मिडियामै बोलिरहेको छु जस्तो लाग्छ । ‘छैन छैन, अँ हो हो...’ भनिरहेको जस्तो लाग्छ । तर अरुको तुलनामा केही कम भने हो । आफू–आफू अनुसार हुँदोरहेछ । मलाई त्यति धेरै बोल्न मन लाग्दैन । 

मिडियासँग कम बोल्न ममन लाग्नुको खास कारण केही छ ?
केही छैन त्यस्तो कुरा । नेचरले पनि फरक पार्दाे रहेछ । कसैको कम बोल्ने नेचर हुन्छ कसैको बढी बोल्ने बानी हुन्छ । म कम बोल्ने नेचरमा पर्छु । पहिलादेखि नै म यस्तै हुँ । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय तपाईंले चलचित्रको संख्या कम गर्नुभएको हो ?
पहिला धेरै भएपछि त्यसलाई कम गर्नुपर्छ भन्ने अनुभूत भएर हो ।  

चलचित्रको संख्या घटाउनुको मुख्य कारण ?
चलचित्रको स्क्रिप्ट राम्रो नभएर हो । दयाहाङ राई र म बस्दा पनि यही कुरा हुन्छ । शुरुमा सरसरती हेर्दा स्क्रिप्ट राम्रै हुन्छ । तर सेटमा पुग्दा त्यसमा धेरै बदलाव भइसकेको हुन्छ । राम्रै होला कि भनेर गर्यो तर हुँदैन । राम्रो भनेर गर्यो तर कुनै पनि राम्रो भएन भने त तनाव हुन्छ । अझै पनि स्क्रिप्ट छान्नुपर्ने फिल भइरहेको छ । 

Global Ime bank

\"\"आफूले अभिनय गरेको चलचित्र हलमा पुगेर हेर्दा कस्तो लाग्छ ? 
हेर्न सकिँदैन । आफ्नो चलचित्र हेर्न एकदम गाह्रो हुन्छ मलाई । नाटकको क्लिप्स खिच्दादेखि नै मैले हेर्न थालेको हुँ, त्यहाँदेखि नै हेर्न गाह्रो हुन्थ्यो । तर मैले कस्तो गरें भनेर थाहा पाउन पनि हेर्नुपर्दो रहेछ । मिडियासँग कुरा गर्दा पनि चलचित्रबारे बोल्नु पर्ने भएकाले हर्नेुपर्ने वाध्यता हुन्छ । मैले नाटक खेलिरहँदा अभिनय गरेका चलचित्र हेर्दा नै मैले थाहा पाएको थिएँ म आफै हेर्न सक्तिन भन्ने । 

बुझिने गरी भन्दा...
राम्रा हुँदैनन् भन्न खोजेको हुँ । 

कसको कमजोरी हो ?
त्यो चाहिँ म भन्न सक्तिन । अरुहरुले त राम्रै भनिरहेको पनि सुन्छु तर म आफैंलाई भने राम्रो लाग्दैन । 

‘सौगात मल्ल नेपालमा होइन, हलिउडमा जन्मिनुपर्ने एक्टर हो’ भनेर भनिसकिएको छ । अभिनेताका आँखाले चलचित्रको कमजोरी पक्कै ठम्याउन सक्छ होला नि !
स्क्रिप्टमा कमजोरी छ भनेर सबैले स्वीकार गरिसकेको कुरा हो । मैले मुस्किलले केही चलचित्र पाइरहेको हुन्छु जुन मलाई राम्रो लाग्छ । त्यसमा पनि नेपालमा स्क्रिप्टमा निकै कम समय दिइन्छ । तीन महिनामा स्क्रिप्ट तयार पारिन्छ । यो निकै छोटो समय हो । टालटुले काम पनि हुँदैन यति छोटो समयमा त । 
हामीलाई पनि बाध्यता छ काम गर्नैपर्ने । केही पनि नगरी बस्नै सकिँदैन । खाली बसेर पनि त हुँदैन । 

अर्को कुरा कहिले टिम मिल्दैन । राम्रो काम गर्ने थोरै मात्रै हुनुहुन्छ । उहाँहरु पनि बाँडिएर काम गर्दा पनि नतिजा राम्रो आउँदैन । 

आफ्ना चलचित्रमा आउने कमेन्ट, आफैंलाई लाग्ने असन्तुटि अनि फ्रष्टेशन । यी सबै पक्षलाई झेल्नुपर्दा आफैंले भनेजस्तो चलचित्र बनाउँ भन्ने लाग्दैन ?
लाग्छ । तर निर्देशन गर्ने मैले कहिल्यै पनि सोच राखेको थिइन । भविष्यमा त्यो अवस्था आउँछ कि आउँदैन थाहा छैन । चलचित्र बनाउने कुरा आउँदा अहिले बनिरहेका भन्दा राम्रो चलचित्र म आफैं पनि बनाउन सक्छु जस्तो त लाग्छ । ममा मात्रै होइन हरेक अभिनेता तथा अभिनेत्रीमा यो कुरा आउँछ होला जस्तो लाग्छ । 

\"\"पछिल्लो समय नेपाली चलचित्र उद्योगमा बजारलाई लक्षित गरेर तीनचार ओटा पुस्तालाई एउटै चलचित्रमा समेटेर अभिनय गराउन थालिएको छ । यसले चलचित्र र अभिनेता तथा अभिनेत्रीमा कस्तो असर पर्छ ?
अहिले चलिरहेको चलचित्र ‘जय भोले’ मा पनि तपाईंले भनेजस्तो चारओटा पुस्तालाई समेटिएको छ । भर्खर चलचित्र रिलिज भएको छ हेरौं कस्तो नतिजा आउँछ । कुरा रह्यो काम गर्न कत्तिको अफ्ठ्यारो हुन्छ भन्ने, मैले यसअघि पनि आफूभन्दा अग्रज पुस्तासँग काम गरिसकेको हुँदा मलाई खासै गाह्रो हुँदैन । अग्रजसँग सिक्ने र पछिल्लो पुस्तालाई सहयोग गर्ने अवसर पाइन्छ । सेटमै परिमार्जन गर्न सक्ने कला मैले अग्रजहरुबाट सिकेको छु । 

थिएटरका कलाकारलाई सेटमा स्टोरीलाइन दिएर कथा तथा पटकथा आफै निर्माण गर्न लगाइन्छ भन्ने गुनासो सुनिन्छ । तपार्र्र्इंले यस्तो अनुभव कत्तिको गर्नु भएको छ ?
सामान्यतयाः यस्तो हुन्छ । मैले पनि भोगेको छु । ‘यस्तोयस्तो हो ल गरौं...’ भन्ने धेरै हुनुहुन्छ । डाइलग नभए पनि सिचुएशनलाई हेन्डल गर्नुपर्ने अवस्था आउँछ । 
हुनत एक्टरका लागि यो फाइदा होला उसले आफ्नो क्षमता प्रदर्शन गर्न र चलचित्रमा आफू हाबी हुन । तर स्टोरी क्ल्यिर हुनैपर्छ । भएको स्टोरी र डाइलगमा सामान्य परिमार्जनको अपेक्षा राख्नु फरक कुरा हो तर पूरै निर्भर नै हुनु राम्रो होइन । 

\"\"यो पनि एउटा कारण हो नेपाली चलचित्र सोचेजस्तो नबन्नुको ?
स्टोरी क्ल्यिर छ कि छैन र टिम कस्तो छ भन्ने कुराले पनि निर्धारण गर्छ । यही स्टोरी स्पष्ट छ र टिम पनि राम्रो छ भने एक्टरलाई लिबर्टी दिँदा पनि राम्रै हुन्छ । जस्तै ‘कथा’, ‘कागवेनी’, ‘डाइङ क्यान्डल’का लागि मैले चरित्र निर्माणका लागि समय खर्चिन पाएको थिइन । सेटमै पुगेपछि निर्देशक र कथाको फ्रेमभित्र पुगेर गरिएको अभिनय थियो । मलाई यी चलचित्रको स्क्रिप्ट नै थाहा थिएन । आज काम गरेपछि भोली के हुन्छ भन्ने पनि थाहा हुँदैन थियो । सेटमा पुगेपछि ‘अन द स्पट’ डाइलग भन्थेँ म त्यहाँ । सरसर स्क्रिप्ट हेरेपछि जे फिल हुन्थ्यो, त्यही गर्थेँ म । तर यी चलचित्र मलाई मन पर्छन् । हलमा भव्य नचले पनि समीक्षा पनि राम्रो पाएका चलचित्र हुन् ।

सेतो पर्दामा व्यस्त भएपछि थिएटरका दर्शकलाई माया मार्नुभयो नि !
अहिलेसम्म त छोडेजस्तै भएको छ । तर मेरो सोचाई अझै थिएटर गर्छु भन्ने छ । जस्तो पायो त्यस्तै नगरौं भनेर पनि हो । राम्रो नाटक भयो भने गर्छु । धेरैले पनि सौगात नाटक लिएर आयो भन्दा पक्कै पनि दर्शकले राम्रो होला भन्ने सोच्नु हुन्छ । त्यसैले पनि राम्रो नाटक नभएसम्म गर्नु हुँदैन भन्ने मलाई लाग्छ । मेरो कल्पनामा आए अनुसारको भयो भने गर्छु । खगेन्द्र लामिछानेसँग पनि बेलाबेलामा कुरा भइरहेको हुन्छ । अर्को वर्ष गरौं भन्ने छलफल भए पनि भनेजस्तो भइरहेको छैन । 

थिएटरमा बढी रमाउनु हुन्छ कि चलचित्रमा ?
थिएटरभन्दा पहिला मैले चलचित्रलाई चिनेको थिएँ । चलचित्र खेल्छु भन्ने मैले सानो बेलामा पनि सोचेको थिएँ । थिएटरमा शुरु गरेपनि एक थिएटरमा पनि राम्रो हुँदोरहेछ भनेर गरें । म शुरुमा चलचित्रमा काम गर्ने भनेर आएको थिएँ । जब मैले थाहा पाएँ म जस्तो मान्छे चलचित्रको ‘हिरो’ हुँदैन भन्ने त्यसपछि मलाई लाग्यो म थिएटरका लागि नै ठिक छु भन्ने र थिएटरमै रमाउन थालेँ । फिल्म हेर्र्थं तर मेरो जस्तो अनुहार भएको कलाकार चलचित्रको हिरो हुँदैन थियो । जब ‘कागवेनी’ आयो त्यसपछि बल्ल चलचित्रमा म जस्ता कलाकारको पनि मुख्य भूमिकामा सम्भावना छ रहेछ भन्ने आशा पलाएको हो ।  

\"\"

तस्बिर : साैरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC