site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कोही घुमघाममा, कोही परिवारसँग
Sarbottam CementSarbottam Cement

काठमाडौं । खेलाडीलाई चाडपर्व मनाउने अवसर कमै जुर्छ । खेलका दौरान कहिले विदेशत कहिले स्वदेशमै भएपनि घर जाने अवसर जुर्दैन । कहिले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीले ढुक्कसँग दसैं मनाउन पाउँदैनन् खेलाडीले । 

यो वर्ष भने स्थिति अलि फरक छ । क्रिकेट खेलाडीहरु आइसीसी ट्वान्टी–२० विश्वकप छनोट अन्तर्गतएशिया छनोट समूह बीको विजेता बनेर फर्किएका छन् भने फुटबल खेलाडी लिग खेलिरहेका छन् । दसैंतिहारसम्म लिग स्थगित भएकाले फुटबल खेलाडी ढुक्क छन् । भलिबल खेलाडीको पनि तत्काललाई कुनै प्रतियोगिता नरहेकाले ढुक्कसँग दसैं मनाउँदैछन् । हामीले बिभिन्न खेलमा केही खेलाडीको दशैं योजना तयार पारेका छौं । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का बानेश्वरस्थित आफ्नो घरमा घरपरिवारसँगै बसेर दसैं मनाउने योजनामा छन् । उनले भने, “घरपरिवारसँग घरमै टीका लगाएर रमाइलो गर्ने योजना छ । साथीभाइसँग यतै बसेर रमाइलो गर्छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जन काठमाडौंमै जन्मे अनि यतै हुर्के । उनको हरेक दसंै काठमाडौंमै बित्छ । “काठमाडौं बाहिरका धेरै साथी छन् तर प्रायः दसैंमा घर जान्छन् । आफ्नो रमाइलो घरपरिवारसँगै हो,” कप्तान विराजले भने ।

भलिबल टोलीका उपकप्तान मानबहादुर श्रेष्ठ यो वर्षको दसैंलाई घुमघाममा केन्द्रित गरेका छन् । हालै हङकङबाट फर्किएका उनी पोखरामा घुमेर घर नवलपरासी पुगेका छन् । “पोखरामा रहेका आफन्तजन र पोखरा घुमेर घर पुगेको छु अब लुम्बिनी घुम्ने योजना छ,” उनले भने, “ गुरु, साथीभाइलाई भेटेर रमाइलो गर्छु ।”

Global Ime bank

राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा नेपाल पुलिस क्लबका कप्तान भोला सिलवाल दसैं मनाउन काठमाडौंबाट विराटनगर पुगिसकेका छन् । धेरैपछि दसैं मनाउन घर पुगेका उनी आफन्तजनसँगै दसैं विशेष बनाउने योजनामा छन् । “घरनजिककै रहेको कालीमन्दिरमा नवरात्रीसम्मविशेष पूजापाठ हुन्छ । त्यहि गएर रमाइलो गर्छौं,” उनले भने, “टीकाको दिन बुवाआमाको हातबाट टीका लगाएपछि अन्य आफन्तबाट आशिर्वाद लिन्छौं ।”

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर विकेश कुथुको घर सिन्धुपाल्चोक हो । तर यो वर्षको दसैं भने विकेश काठमाडाैंमै मनाउँदै छन् । “सबै परिवारका सदस्य हामी काठमाडाैंमा नै छौं । त्यही भएर यतै मनाउने सोचमा छु । मान्यजनबाट टीका ग्रहण गर्ने अनि परिवारबीच रमाइलो गरेर दसैं मनाइन्छ ।”

ओलम्पीयन दीपक बिष्ट यो वर्षको दसैं पुख्र्यौली थलो डडेलधुरामा मनाउने योजनाका साथ डडेलधुुरा हिँडिसकेका छन् । पटक—पटक डडेलधुरा पुुगेपनि दसैं मनाउनकै लागि भने बिष्ट ७—८ वर्षपछिमात्रै गाउँ फर्किएको उनले बतचाएइ । छोरा भएपछि पहिलो पटक गाउँ जान लागेका बिष्टले यो वर्ष गाउँमा कुुल देवताको पूजासमेत गर्ने योजना बनाएका छन् ।डडेलधुुरामा पारिवारिक जमघट हुने भएकाले परिवारसँग बसेर दसैंको रमाइलो गर्ने बिष्टले बताए ।

भलिबल खेलाडी मजु गुरुङ कास्कीको माछापुच्छे« गाउँपालिकामा रहेको मामाघर जाने तयारीमा छन् । उनले भनिन्, “गाउँ जान्छु, मामाघरमा टीका लगाउने योजनामा छु ।” 
नेपाली राष्ट्रिय फुटबल टोलीकी पूर्वकप्तान अनु लामा काठमाडौंमै दसैं मनाउँदैछिन् । दायाँ घुँडाको शल्यक्रिया भएको दुईवर्षपछि मैदान पुगेकी अनु साथीहरुसँग रमाइलो गर्ने योजनमा छन् । नेपाली महिला फुटबल टोली दसैंलगत्तै चीन भ्रमणमा जाँदैछ । टोलीमा नपरेकी अनु लयमा फर्किने कोसिसमा नियमित अभ्यासमा छन् ।

नेपाल राष्ट्रिय ब्याडमिन्टन टोलीकी खेलाडी नविता श्रेष्ठले काठमाडौंमै मनाउने योजना रहेको बताइन् ।“घरमै नातेदार बोलाएर टीका लगाएर दसैं मनाउँछु । यसपालि दसैं काठमाडौंमै मनाउने योजना छ । घरपरिवार र साथीहरुसँग तास खेल्दै दसैं मनाउँछु,” उनले भने । 

नेपाल ब्याडमिन्टन खेलका हस्ती शिव सुन्दर गोथेको दसैं योजना सामान्य छ । उनले भने, “मेरो दसैं काठमाडौंमै घरपरिवारसँग बसेर रमाइलो गर्ने योजना छ । तर, दशमीपछि साथीहरुसँग काठमाडौं बाहिर जान सक्नेसम्भावना पनि छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३१, २०७५  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC