खेल
काठमाडौं । पाकिस्तान र अष्ट्रेलिया दोस्रो टेष्ट क्रिकेटमा आज भिड्दैछन् । दुई खेलको सिरिज रहेको प्रतियोगिताको पहिलो खेल बराबरीमा टुङ्गिएको थियो । यूएईको आबुधावीमा हुने खेलमा अष्ट्रेलियाको कप्तानी टिम पानेले गर्नेछन् भने पाकिस्तानको कप्तानी सरफराज अहेमदले गर्नेछन् ।
अष्ट्रेलियाका लागि आरोन फिञ्चले आफ्नो खेल जीवनको दोस्रो टेष्ट खेल खेल्नेछन् । पूर्व कप्तान स्टेभिन स्मीथ र डेवीर्ट वार्नर वल टेम्परिङमा प्रतिबन्धमा परेपछि अष्ट्रेलियन टिम तुलनात्मक रुपमा कमजोर मानिदै आएको छ । टेष्ट सिरीजपछि दुवै टोलीले अक्टोवरकै २४,२६ र २८ तारेखमा तीन टि–ट्वान्टी पनि खेल्नेछन् ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५ ११:२२
प्रतिक्रिया दिनुहोस्