site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जलवायु परिवर्तनका वैज्ञानिकहरुको राजनीतिक एजेन्डा रहेको ट्रम्पको आरोप
Sarbottam CementSarbottam Cement

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन सम्बन्धि प्रस्तुत गरिएको रिपोर्टमा वैज्ञानिकहरुको राजनीतिक एजेन्डा रहेको आरोप लगाएका छन् ।  ट्रम्पले वातावरण र मौसम सम्बन्धि विवादास्पद टिप्पणी गरेको यो पहिलोपटक भने होइन । २०१६ को चुनाव प्रचार अभियानमा पनि उनले जलवायु परिवर्तन मान्छेले फैलाएको भ्रम मात्र हो भन्ने अनौठो ठहर गरेका थिए । 

त्यसबेला उनको उक्त भनाईको विश्वभर चर्चा भएको थियो । यसपछि राष्ट्रपति नियुक्त हुनासाथै उनले १८७ राष्ट्र आबद्ध रहेको पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकाली अर्को विवाद खडा गरेका थिए । उक्त निर्णयपछि उनको चौतफी आलोचना भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार उनले पृथ्वीको बढ्दो तापक्रमका लागि मानिस नै जिम्मेवार रहेकोबारे आफू ठूलो शंकामा रहेको बताएका हुन् । तरपनि आफूले जलवायु परिवर्तनको विषय भ्रम हो भन्ने यसअघिको धारणा चाहिँ परिवर्तन गरेको उनले स्पष्ट पारे । एक हप्ता अगाडि मात्र विश्वका वरिष्ठ वैज्ञानिकहरुले पृथ्वीको वातावरण सम्बन्धि समस्या अन्तिम अवस्थामा पुगिसकेको भन्दै चेतावनीपूर्ण रिपोर्ट प्रस्तुत गरेका थिए । त्यसैबारे बोल्दैगर्दा उनले सिबीएससँगको एक घण्टा लामो अन्र्तवार्तामा उनले यस्तो भनेका हुन् ।

आफूले वैज्ञानिकहरुको राजनीतिक एजेन्डाका लागि खरबौँ डलर खर्च गर्न नचाहेको उनको भनाइ छ । यसले लाखौँ मानिसको रोजगारीलाई पनि जोखिममा पार्ने हुँदा अमेरिकाका कुनैपनि व्यवसायी वा कामदारलाई नोक्सान हुने निर्णय नलिने ट्रम्पले बताए । यही कारणले यसअघि आफू पनि पेरिस सम्झौताबाट बाहिरिएको उनले बताए । यति मात्र नभएर उनले पृथ्वीको तापक्रम केही समयमै यथावत् हुन सक्ने बताउँदै ठूलो चिन्ताको विषय नरहेको उल्लेख गरेका छन् ।

Global Ime bank

उता मौसमविद्हरुले भने मानव व्यवहारले निम्त्याएको यो समस्या अहिले समाधान नगरिए पृथ्वीको तापक्रम तीन डिग्री पुग्ने र मानव जीवन समेत संकटमा पर्न सक्ने चेतावनी दिइसकेका छन् । यस्तोमा ट्रम्पको नयाँ विवादास्पद अभिव्यक्तिले फेरि नकारात्मक प्रतिक्रिया पाइरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC