site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
राजकुमारी मेघान गर्भवतीः राजदरबार
Sarbottam CementSarbottam Cement

लण्डन । बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको बताइएको छ । 
 
राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो । 
“राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,” बेलायती राजदरबार केन्सीङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

राजकुमार ह्यारी र अमेरिकी पूर्वअभिनेत्री मेघानबीच गत मे १९ तारिखका दिन विवाह भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यासल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भएका थिए । 

वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटेका थिए । 
विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३७ वर्षीया मार्कलले सँगै जिउने वाचा गर्दै एक आपसमा औँठी साट्नु भएको थियो । 

Global Ime bank

सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले वैबाहिक जीवनमा रुपान्तरण गर्नुभएको बताइएको थियो । 
राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिक रूपमा देखा परेको थियो । रासस÷एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC