site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीपीएलको खेलतालिका सार्वजनिक, पहिलो खेलमा सन्दीपको विराटनगर र शरदको पोखरा भिड्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) को खेलतालिका सार्वजनिक भएको छ । पीपीएलको उद्घाटन खेलमा स्थानीय टीम पोखरा पल्टन र विराटनगर टाइटन्सले खेल्ने छन् । पोखरा रंगशालामा हुने उद्घाटन खेल खेल्ने पोखराका मार्की खेलाडी शरद भेषावकर र विराटनगरका मार्की खेलाडी सन्दीप लामिछाने हुन् । 
६ टिम सहभागी पीपीएल राउण्ड रोविन लिगका आधारमा हुुनेछ । सर्वाधिक पुुरस्कार राशी भएको पीपीएल कात्तिक १९ गतेसम्म हुुनेछ । लिगको पहिलो दिन विराटनगर र पोखराबीचको मात्रै भए पनि अन्य दिनमा दिनको दुई—दुुई वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।
आईसीसी मान्यता प्राप्त लिगमा पोखरा पल्टन, विराटनगर टाइटन्स, बुुटवल ब्लास्टर्स, काठमाडौं रोयल्स, चितवन राइनोज र धनगढी एक्पर्ट रहेका छन् । लिग खेल्ने सबै टोलीले मार्की खेलाडी तथा अक्शनबाट खेलाडी समेत छनोट गरिसकेका छन् ।
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC