site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रामको दसैं
Sarbottam CementSarbottam Cement

“राम पाँच बजिसक्यो ! ” सधैंझैं मालिक्नीको स्वर सुनिन्छ । बिचरा राम हत्तपत्त उठेर बढारकुँढार र पुछपाछ गर्न थाल्छ । त्यतिन्जेलमा मालिक्नीले नुहाइसकेकी हुन्छिन्– “राम पूजा सरदाम ठीक पार्‍यौ ? फुल टिप्यौ ?” ऊ हत्तपत्त कुदेर पुर्‍याइदिन्छ ।

“राम नुहाउने पानी” मालिकको छोराको स्वर सुनिन्छ । बिचरा राम त्यतै दौडन्छ ।

“राम चिया त पाकेन” छोरी मालिक्नी चिच्याउँछे । यस्तै दौडादौड र कुदाकुद, तल र माथि, बाहिर र भित्र गर्दागर्दै बित्छ । सधैँ झैं “नौ बज्न लाग्यो, भूजा तयार भएन भन्या ?”– बुबा मालिक जंगिएको सुनिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दश बजिसक्यो, धन्दा सकिएको छैन । रामलाई हतार छ । ऊ समयमा कहिल्यै स्कुल पुगेको छैन, सधैं सरहरुको गाली उसको भागमा पर्छ । चार बज्यो, छुट्टीको घण्टी बज्यो । ऊ हतार हतार घरतिर कुद्छ । अलिकति ढिला भए मालिक्निको गाली खानुपर्छ ।

दसैं आउन लागेको छ । राम धेरै खुशी छ । उसले यसपल्ट मामु (मालिक्नी) लाई खुशी पारेर दसैंमा घर जाने योजना बनाएको छ । त्यसैले ऊ हरतरहले मामुलाई खुशी पार्न लागिपरेको छ । जे अह्राए पनि मिलिक्कै सिध्याउँछ । आम्मै ! उसको फूर्ति, उसको उमङ्ग, तलमाथि, यताउता कुदिहिँड्छ । ऊ धेरै खुशी देखिन्छ । 

Global Ime bank

स्कुलले दसैंको बिदा भएको सूचना सुनाएको दिन उसले फुरुङ्ग हुँदै भन्यो– “मामु यसपल्टचाहिँ म घर जान्छु है ।” 

“ए ! काजीसाब कहिले सवारी ?”– मालिक्नीको तिखो व्यंग्यसँगै ऊ खुम्चियो । उसको फूर्ति सबै सेलायो, खाना पनि खान मन लागेन । राति निद्रा पनि धेरै ढिलासम्म आएन । खै, कतिबेला हो ऊ निदाएछ ।

एउटा झोलामा बा, आमा र भाइबैनीलाई नयाँ नयाँ लुगा लिएर घर पुग्यो । बा, आमा र भाइबैनी सबै खुशी छन् । घर नजिकैको चौतारामा पिङ हालिएको छ । केटाकेटीहरु पिङमा तँछाडमछाड गर्दै छन् । श्यामे, हरि, काले, भुण्टे सबैले उसलाई हेरिरहेका छन् । 

यतिकैमा “राम ! ” कतैबाट कस्को स्वर उसको कानमा ठोकिन्छ । ऊ झसङ्ग हुन्छ । ओहो ! ऊ त ओछ्यानमै पो छ । एकपल्ट पूरै सपना सम्झियो र मनमनै अठोट गर्‍यो,“ यसपल्ट चाहिंँ जान्छु जान्छु ।”

“रामेलाई घरसर पठाउने हैन है मामु । म त सक्दिन, त्यतिका पाहुना आउँछन्, मासु पकाएका चिल्ला चिल्ला भाँडा, काम भा बेलामा चाहिँ घर पठाउने भए काम गर्ने मान्छे केलाई राख्ने, नपठाइस्यो है मामु ।”– छोरी मालिक्नीले रामको घर जानमा आपत्ति जनाई ।

“परशुराम पर्सि जान्छ रे, उसलाई त पूजा दिज्यूले किनमेल पनि गर्दिसक्नु भएछ, म पनि ऊसँगै जान्छु है मामु !” रामले घर जान हतार देखायो ।

“राम यसपल्ट नजा न त । अर्कोपल्ट जालास् । यसपल्ट पाहुना पनि अलिक बढी नै होलान् जस्तो छ, तँ गइस् भने हेर बा मलाई कसले सघाउँछ, बरु म तँलाई जे रहर छ तेहि किनिदिउँला ।”– मालिक्नीले सकेसम्म चिल्ला वचनले फकाई ।

बिचरा ! राम खत्र्याक खुत्रुक पर्‍यो । अवाक् भयो । एक शब्द पनि निकाल्न सकेन र आँखाभरि आँशु पारेर उँधोमुण्टो लाइरह्यो लाइरह्यो ।

साभार : सुनकेस्रा बाल पत्रिका, मासिक वर्ष १० पूर्णांक ५४, २०५७, असोज
(बाह्रखरी डटकम अनलाइन पत्रिका तथा हातेमालो संचार काठमाडौंको सहकार्यमा प्रस्तुत बाल सामग्री)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC