site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कवि र कविता
Sarbottam CementSarbottam Cement

राजदरबारमा एउटा युवक आयो, दरबारियाहरू चिच्याउन थाले, “ओहो, यी त तिनै सन्यासी युवक हुन् जसले त्यस दिन दरबार अगाडि गाइरहेका थिए ।”
राजाले सोधखोज गरे, “यी युवक को हुन् ?”

राजदरबारअगाडि भीड लागिरहेको थियो । एउटा नवयुवक सन्यासी बिन बजाउँदै प्रेम–राग अलापिरहेको थियो । उसको मधुर स्वर गुञ्जिरहेको थियो । उसको आवाजमा दया र सहृदयताको भाव प्रकट भइरहेको थियो । स्वरको उतारचढाव र बिनको झंकारको मिश्रणले आनन्ददायी माहोल सिर्जना गरिरहेको थियो । दर्शकहरू संगीतको तालमा झुमिरहेका थिए ।

गाना–बजाना समाप्त भएसँगै दर्शकहरू उठ्न थाले ।नोटको वर्षाहुन लाग्यो ।एक–एक गर्दै भीड कम हुँदै गइरहेको थियो ।नवयुवक सन्यासी अगाडि रहेको पैसाहेर्दै मुस्कुरायो । उसले छरपस्ट रहेको नोटहरूलाई मिलायो र फेरि छरपस्ट बनायो । त्यसपछि ऊबिन उठाएर हिँड्यो ।

Prabhu Bank
Agni Group
NIC Asia


राजकुमारी मायाले पनि त्यो नवयुवक सन्यासीको गीत सुनेकी थिइन् । दर्शकहरू दिनहुँ आउँथे तर त्यस सन्यासीलाई दरबार अगाडि नदेखेपछि निराश हुँदै फर्कन्थे । राजकुमारी माया पनि दरबारको अगाडि घन्टौँसम्म हेरेर बस्दथिन् । जब रात छिप्पेर चारैतिर चकमन्न अँध्यारो छाँउथ्यो, राजकुमारी झ्यालबाट उठेर जान्थिन् ।

उठ्नुभन्दा पहिले उनमा एक किसिमको निराशाको भाव देखिन्थ्यो । यसैगरी दिन, हप्ता र महिना बिते । वर्ष पनि बित्यो तर त्यो सन्यासी युवक देखा परेन । उसलाई खोज्दै आउनेहरू पनि बिस्तारै आउन छाडेका थिए । उनीहरूले त्यस घटनालाई बिर्सिसकेका थिए तर राजकुमारी माया...। राजकुमारी मायाले त्यस युवकलाई आफ्नो हृदयबाट हटाउन सकेकी थिइनन् । उनको आँखामा हमेसा उसकै तस्बिर घुमिरहन्थ्यो । हुँदा–हुँदा राजकुमारीले पनि गायनको अभ्यास गर्न थालिन् । उनी प्रतिदिन उद्यानमा जान्थिन् र गीत गाउन थाल्थिन् । जुन समय रातको नीरवतामा राग सोहनी गुञ्जिदा सुन्नेहरू पनि मन्त्रमुग्ध हुन्थे ।

Global Ime bank


राजकवि अनंगशेखर युवक थिए । उनका कविताहरू प्रभावशाली र जोडदार हुन्थे । जब उनले दरबारमा आफ्ना कविता वाचन गर्दथे, श्रोताहरूमा एक किसिमको मादकता छाउँदथ्यो । हरतरफ शुन्यताको लहर फैलिन्थ्यो । राजकुमारी मायालाई कवितासँग औधी प्रेम थियो । सम्भवतः उनी पनि अनंगशेखरका कविता सुन्न दरबारमा आउने गर्दथिन् । राजकुमारीको उपस्थितिमा अनंगशेखरको जिब्रो लटपटाउँथ्यो । उनी निःशब्द नै हुन्थे तर पनि यसैका कारण उनको भावना जागृत हुन्थ्यो । उनी झुमी–झुमी उदाहरण पेस गर्थे । सुन्नेहरू उनको आवाजमा लठ्ठिन्थे । राजकुमारी मायाको हृदयमा प्रेमको नदीले तरंग पैदा गर्दथ्यो । राजकुमारीलाई अनंगशेखरसँग प्रेममा परेको आभाष हुन्थ्यो तर उनको मानसपटलबाट सन्यासी युवकको तस्बिर हट्न सकेको थिएन । उनको आँखामा आँसुछचल्किन्थ्यो । अनंगशेखर जब राजकुमारीको आँसु भरिएको आँखामा नजर पुऱ्याउँथे, उनको आँखाबाट पनि अश्रुधारा बग्न सुरु गथ्र्याे । त्यस समय उनमा आत्मसर्मपणको भाव पैदा हुन्थ्यो र उनको अन्तर्मनले भनिसकेको थियो, “मैले आफ्नो पराजय स्विकार गरिसकेँ ।”

कवि आफ्नै धुनमा मस्त थिए । चारैतिर प्रशन्नता र आनन्द छाएको थियो । उनी यति ध्यानमग्न थिए कि प्रकृतिको आँचलमा रमाइरहेका छन् । उनी एक्कासि अचम्ममा परे । उनी आँखा ठूला पारी चारैतिर हेर्न थाले र लामो श्वास लिए । अगाडि एउटा कागज थियो । त्यसमा केही पंक्ति लेखिएको थियो । रातको अँध्यारो छिप्पिरहेको थियो । उनी फर्के । उनी राजदरबारको नजिक थिए र त्यससँगै बगैँचा थियो । अनंगशेखर लडखडाउन थाले । राजकुमारीलाई खोज्दै उनी बगैँचाको भित्रसम्म पुगे ।

चन्द्रमाको किरण नदीको लहरसँग क्रिडामग्न थियो ।जुही र मालतीको सुगन्ध बगैँचाभरि फैलिएको थियो । कवि आनन्ददायी दृष्यहरू हेर्नमा तल्लिन थिए । डर र शंकाले उनलाई घेर्न थाल्यो । उनको कदम अगाडि बढ्न सकेन । नजिकै एउटा घना वृक्ष थियो । त्यसैको छायाँमा बसेर उनले बगैँचाको बाहिरको दृष्यको आनन्द लिन थाले । यसैबीच हावाको सानो झोँक्का आयो । उनले शरीरमा कम्पन महसुस गरे । त्यसपछि बगैँचामा मधुर स्वर गुञ्जियो । कसैले गाइरहेको थियो ।उनी आफैँमा हराइरहेका थिए । थाहा छैन, उनी यसरी नै कति समय उभिइरहे । जब उनी होसमा आए, उनले आफ्नो अगाडि कोही उभिइरहेको देखे । उनी अचम्मित हुँदै उठे, उनको अगाडि राजकुमारी माया थिइन् ।

अनंगशेखरले शिर निहुऱ्याए । राजकुमारीले मुस्कुराउँदै सोधिन्, “अनंगशेखर, तिमी यहाँ किन आयौ ?”

कविले शिर उठाउँदै हल्का लजालुभावले राजकुमारीलाई हेरेपनि केही बोलेनन् । राजकुमारीले फेरि सोधिन्, “अनंगशेखर, तिमी यहाँ किन आएका ?” यसपल्ट कविमा अलिकति साहस आयो । उनले आफ्नो हातमा भएको पत्र राजकुमारीको हातमा थमाइदिए ।राजकुमारीले कविता पढिन् । त्यस कवितालाई आफूसँग राख्न खोजिन्, तर पत्र हातबाट झऱ्यो । राजकुमारी त्यहाँबाट तीरजस्तै भागिन् । अब कविलाई झन् छटपटी महसुस भयो । उनी उठेर जोडले चिच्याउन थाले, “माया, माया ।” तर अब माया कहाँ थिइन् र ?

राजदरबारमा एउटा युवक आयो, दरबारियाहरू चिच्याउन थाले, “ओहो, यी त तिनै सन्यासी युवक हुन् जसले त्यस दिन दरबार अगाडि गाइरहेका थिए ।”
राजाले सोधखोज गरे, “यी युवक को हुन् ?”

युवकले उत्तर दिए, “महाशय, म कवि हुँ ।”

राजकुमारी त्यस युवकलाई देखेर दंग परिन् । राजकविले पनि त्यस युवकमाथि

नजर पु¥याए, उनी अवाक भए । सँगै एकजना बसेका थिए, उनले भने, “यी त भिक्षु हुन् ।”

राजकविले भने, “होइन, उसको अपमान नगर, उनी कवि हुन् ।”

चारैतिर सन्नाटा छायो । महाराजले त्यस युवकलाई भने, “आफ्नो कुनै कविता सुनाऊ ।”

युवक अगाडि बढ्यो, उसले राजकुमारीलाई र राजकुमारीले उसलाई देखिन् । स्वाभिमान अनुभव गर्दै उसले आफ्नो कदम अगाडि बढायो ।राजकविले पनि यो दृष्य हेरे र असिनपसिन भए । युवकले आफ्नो कविता सुनाउन सुरु गरे । प्रत्येक शब्दमा ‘वाह–वाह’ र ताली बज्न थाल्यो । आजसम्म कसैले पनि यस्तो कविता सुनेको थिएन । युवकको अनुहार स्वाभिमान र प्रशन्नताले उज्यालिएको थियो । ऊ मत्ता हात्तीजस्तै झुम्दै आफ्नो स्थानमा आएर बस्यो । उसले फेरि एकपटक राजकुमारीलाई हेऱ्यो अनि फेरि राजकविलाई ।

राजाले राजकविलाई भने, “तिमी पनि आफ्नो कविता सुनाऊ ।”

अनंगशेखर शून्यतामा थिए । उनको अनुहारमा निराशा र असफलताको भाव झल्किरहेको थियो ।राजाले फेरि भने, “ अनंगशेखर, कुन चिन्तामा डुबेका छौ ? कि यी युवककविको प्रतिस्पर्धा तिमीबाट सम्भव छैन ?”

यो अपमान कविको लागि असहनीय थियो । उसको आँखा क्रोधले रातो भएको थियो । त्यस समय उसको कदम डगमगाउँदै थियो । अगाडि गएर ऊ टक्क अडियो । हृदय खोलेर यसले आफ्नो काव्यप्रतिभाको प्रदर्शन गऱ्यो । चारैतर्फ शून्यता नै शून्यता छायो, श्रोताहरू मूर्तिझँै उभिएका थिए । एक पल्ट उसले चारैतर्फ आफ्नो नजर डुलायो । त्यस समय राजकुमारीको अनुहार पहेँलो भएको थियो । त्यस युवकको घमण्ड टुटिसकेको थियो ।बिस्तारै सबै दरबारियाहरू नीदबाट ब्युझे । सबैतिर “धन्य, धन्य” को आवाज गुञ्जिँदै थियो । राजा सिंहासनबाट उठेर कविसँग अंकमाल गरे । यही नै कविको अन्तिम विजय थियो ।
राजाले निवेदन गरे, “अनंग !माग के माग्छौ ? जे माग्छौ दिन्छु ।”

राजकवि केही समय सोच्न लागे । त्यसपछि उनले भने, “महाराज, मलाई अरु केही चाहिँदैन, म त केवल राजकुमारीको इच्छुक हुँ ।”

यो कुरा सुनेर राजकुमारी बेहोस भइन् । कविले फेरि भने, “महाराज, हजुरको वचनअनुसार राजकुमारी मेरी भइसकेकी छन्, अब म जे चाहन्छु, त्यही गर्न सक्छु ।” यति भनेर उनले युवककविलाई आफ्नो नजिक बोलाएर भने, “मेरो जीवनको मुख्य उद्देश्य राजकुमारीको प्रेम प्राप्त गर्नु थियो । तिमीलाई थाहा छैन कि म राजकुमारीको सुख र खुसीको लागि आफ्नो अन्तिम श्वास रहेसम्म लड्न तयार छु ।हो, युवक ! तिमी यो कुरासँग परिचित छैनौ तर केही समयपछि तिमीले थाहा पाउनेछौ मैले ठिक भनेको रहेछु कि नाइँ भनेर ।” कविको बोली बन्द भयो, उनको स्वर भारी भयो । सिलसिला जारी राख्दै उनले भने, “के तिमीलाई थाहा छ कि मैले के देखेँ ।थाहा छैन र यो थाहा पाउनु पनि तिम्रा लागि राम्रो हुने छैन । सोच्दथेँ कि जीवन सुखमा नै व्यतित हुन्छतर यो आशा व्यर्थ सिद्ध भयो ।जोसँग मलाई प्रेम थियो, उसले आफ्नो हृदय कसैलाई सुम्पिसकेकी रहेछ । थाहा छ म राजकुमारीलाई पाएर पनि खुसी हुनेछैन किनकि राजकुमारी खुसी हुने छैनन् । आऊ युवक, अगाडि आऊ । तिमी मलाई घृणा गर्दछौ भनेपनि चिन्ता नलेऊ । आऊ आज म आफ्नो सम्पूर्ण सम्पत्ति तिमीलाई सुम्पनेछु ।”
राजकवि मौन भए । उनको मौनता क्षणिक थियो ।

उनले महाराजसँग भने, “एउटा बिन्ती छ महाराज, मेरो स्थानमा यो युवकलाई राजकवि बनाइयोस् ।”

राजकविको कदम लडखडाउन थाल्यो । हेर्दा हेर्दै उनी पुथ्वीसँग लड्दै थिए । अन्तिम पल्ट उनले राजकुमारीमा आफ्नो दृष्टि पु¥याए । उनको यो हेराइ अर्थपूर्ण थियो । उनले राजकुमारीसँग भन्दै थिए कि, “मेरो खुसी यही हो कि तिमी खुसी होेऊ । बिदा ।”
यति भन्दै कविले आफ्ना आँखा बन्द गरे, जुन आँखा सदाका लागि बन्द भए ।

अनुवादः उपेन्द्रराज पाण्डेय

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १५, २०७३  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC