site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनताका प्रतिनिधिले नै संविधान जारी गरेपछि मुलुक संक्रमणबाट मुक्त हुने अपेक्षा पूरा नहुने लक्षण देखिएको छ । मूलतः संघीय सरकारको नेतृत्वले संघीयताको मर्म आत्मसात गर्न नखोजेको र प्रदेश तथा स्थानीय तहका निर्वाचित प्रतिनिधिले हतारिएकाले संघीयताको अभ्यास संकटमा परेको हो । प्रदेश र संघमा एउटै पार्टी र गठबन्धनको सरकार भए पनि बिस्तारै मतभेद र तनाव सार्वजनिक हुँदैगएको छ । प्रदेशका मुख्यमन्त्रीहरूले संगठितरूपमै संघीय सरकारले सहयोग नगर्दा काम गर्न अप्ठेरो भएको घोषणा गरेको केही समयपछि प्रदेश नम्बर २ र संघीय सरकारबीच प्रदेश प्रहरीका विषयमा विवाद उत्पन्न भएको छ । ऐनको पक्ष विपक्षमा प्रदेश सरकारले संविधानले दिएको अधिकार प्रयोग गरेर ऐन बनाएकाले कार्यान्वयन हुनुपर्ने अडानमा रहने र संघीय सरकारका तर्फबाट संघीय प्रहरी ऐन नबन्दासम्म प्रदेशको अधिकार क्षेत्र स्पष्ट नहुने हुनाले ऐन कार्यान्वयन हुननसक्ने तर्क दिइएको छ ।  


प्रदेश नम्बर २ को सरकार र संघीय सरकार दुवै पक्ष आआफ्नै अडानमा रहने हो भने यस ऐनले गम्भीर विवादमात्र हैन संवैधानिक संकट नै उत्पन्न हुनसक्छ । एकातिर अहिलेसम्म बहुसंख्यक प्रदेशले नामाकरण गर्न र राजधानी तोक्नसमेत सकेका छैनन् । अर्कातिर संघीय सरकारको असहयोगका कारण प्रदेशमा दैनिक कार्यसञ्चालनका लागि आवश्यक कर्मचारीको समेत अभाव भएको उनीहरूको गुनासो छ । संघमा दरबन्दीभन्दा धेरै कर्मचारी थुप्रने र प्रदेशलाई दरबन्दीअनुसार कर्मचारीसमेत नदिनु वास्तवमा संघीयता कार्यान्वयनलाई संघीय सरकारले गरेको उपेक्षा र असहयोग नै हो । कर्मचारीहरूलाई प्रदेश र स्थानीय तहमा खटाउन संघीय सरकारले नै आलटाल गर्दै आएको देखिन्छ । संघीय सरकारबाट प्रदेश वा स्थानीय तहमा जानैका लागि एक तह बढुवा खोज्ने वा दिने तयारी दुवै गैरजिम्मेवार र अराजक प्रवृत्ति हो । दुर्भाग्य, यसलाई संघीय सरकारले नै प्रोत्साहित गरेको देखिएको छ । 


प्रदेश एवं स्थानीय तहका निर्वाचित सरकारहरूलाई अविश्वास र असहयोग गर्ने तर कर्मचारीको अराजकतामा आँखा चिम्लने संघीय सरकारको प्रवृत्तिले नै अहिलेको तनाव र मुठभेडको अवस्था उत्पन्न भएको हो । प्रदेश नम्बर २ ले जसरी नै चुनौती नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै सरकार भएका प्रदेशहरूले तत्काल नदेलान् तर अप्ठेरो त उनीहरूलाई पनि भएकै हुनुपर्छ । अपेक्षाकृत साधन, स्रोत र जनशक्ति सम्पन्न संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारलाई सबै पक्षमा सहयोग गर्नुपथ्र्यो । प्रदेश र स्थानीय सरकारसँग छलफल गरेर उनीहरूका समस्या समाधान गर्न संस्थागतरूपमै संघीय सरकार अग्रसर हुनुपर्थ्यो । तर, मुलुकलाई संक्रमणमै अलमल्याई राख्ने कपट खेलमा संघीय सरकार लागेको देखियो । त्यस अवस्थामा अधिकार सबै केन्द्रमै रहने हुनाले प्रदेश तथा स्थानीय सरकार प्रभावहीन हुनेछन् । संघीयता मुख्यमन्त्रीहरूको हेलिकप्टर सयरमै सीमित हुनेछ । यसैले प्रदेश नम्बर २ को प्रहरी ऐन कार्यान्वयन हुन नदिने षड्यन्त्र गर्नुभन्दा संघीय गृह मन्त्रालयले तत्काल संघीय ऐन बनाएर समस्या समाधान गर्नुपर्छ । प्रदेशहरूसँग खोचे थाप्नुभन्दा सरकारले संघीय र  प्रदेशको ऐन बाझिने अवस्था आउन नदिन पनि आवश्यक ऐनहरू निर्माणलाई प्राथमिकता दिनुपर्छ । नत्र, संघीयता मुलुकमा अराजकता बढाउने अभ्यासमात्र बन्न पुग्नेछ । संघीयताको अभ्यास विफल भयो भने मुलुक असफल राष्ट्र हुने जोखिम पनि बढ्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC