site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दसैं 
Ghorahi CementGhorahi Cement

“सबैले टीका लगाइसके । अझै बाबा आउनुभएको छैन । कस्तो नरमाइलो भयो हगि दादा !”

आफ्नी बहिनीको कुरा सुनेर महेश झसङ्ग हुन्छ । ऊ बहिनीको अनुहार हेरिरहन्छ । बहिनीको अनुहारमा दुःख देखेर उसको मन कटक्क खान्छ ।

“बाबा चाँडै आउनुहुन्छ, तिमी पीर नगर ।” ऊ बहिनीको टाउको सुमसुम्याउँदै भन्छ । 

Agni Group

दाजुको मिठो कुरा सुनेर बहिनी टाउको हल्लाउँदै खेल्न दौडन्छिन् ।

“साँच्चै हाम्रो बाबा कहाँ जानुभएको होला ! बहिनीलाई बाबाको कति याद आउँछ ।” महेश सोच्दै दोबाटोमा हेरिरहन्छ । ऊ एक मनले सोच्छ –“आहा ! बाबा अहिले आउनुभए म दौडँदै गएर उहाँको हात समाउँथें र किन ढिलो आउनुभएको भनेर गुनासो गर्थें ।” ऊ एकछिन दोबाटो हेरिरहन्छ । 

Global Ime bank

“बाबा कति वर्षदेखि आउनुभएको छैन । बाबा काहाँ जानुभएको छ भनेर आमाले मलाई किन भन्नुहुन्न ? आज त आमालाई नसोधी छाड्दै छाड्दिन । ऊ दौडेर आमाको कोठा अगाडि पुग्छ । कोठामा जान खोज्छ । उसले त्यहाँ आमाले बाबाको तस्बीरलाई दुई हात जोडेर केहि भनिरहनु भएको देख्छ । ऊ ढोकाबाहिर उभिएर हेर्न थाल्छ ।

“तपाईले यो के गर्नु भएको ! हामीलाई छाडेर अन्तै गएर बस्नुभयो । अब म छोराछोरीलाई के भनूँ ? बाबु खोइ भन्दा के जवाफ दिऊँ ?”

आमाका कुरा सुनेर उसको मन छियाछिया हुन्छ । ऊसका आँखाबाट आँसु बग्न थाल्छ । उसलाई के गराैं के गराैं हुन्छ । र, दौडँदै गएर आमालाई अँगालो मार्दै भन्छ – “आमा नरुनुस्, तपाईंलाई म ठूलो भएपछि धेरै सुख दिन्छु । नरुनु है आमा !”

एक्कासि छोराको मायालु व्यवहारले आमाको आँखाबाट आँसु बग्न थाल्छ । ‘मेरो छोरोे प्यारो छोरो’ भन्दै आमाले उसलाई अँगालो मार्नुहुन्छ ।

महेश सुँक्कसुँक्क गर्दै आमाको काखमा रोइरहन्छ ।

“छोरा ! यसपालि दसैंमा तिमीहरुलाई नयाँ लुगा हाल्न पनि सकिन ।” आमाले उसको कपाल सुमसुम्याउँदै भन्नुभयो ।

“आमा हामीलाई राम्रो लुगा चाहिन्न । हामीलाई माया गरेर टीका लगाइदिनुस्, आशीर्वाद दिनुस्, त्यति भए पुग्छ । आमा हाम्रो मिसले भन्नुभएको– दसैंमा त ठूलाको हातबाट सानाले टीका थाप्ने हो रे, अनि उनीहरुबाट आशीर्वाद लिने हो रे । त्यसैले आमा ! मलाई र बहिनीलाई आशीष दिनुहोला ।” आमाको आँखाबाट आँसु देखेर महेश भन्छ ।

छोराको मायालु कुरा सुनेर आमाको मन हर्षले गद्गद् हुन्छ । र, छोराछोरीको कपाल सुम्सुम्याउँदै उनीहरुलाई अँगालोमा बाँध्नुहुन्छ ।

महेश र उसको बहिनीलाई आफ्नी आमाको मायाको अँगालोमा मनाउन पाएको दसैं असाध्यै रमाइलो लाग्छ ।

आमाको न्यानो अँगालोमा दसैं मनाउन पाउँदा उनीहरु खुशी हुन्छन् । महेशले बहिनीको हात समाउँदै, जाउँ बहिनी चंगा उडाउन भन्दै खेल्न जान्छन् । 

(साभार : सुनकेस्रा बाल पत्रिका, मासिक वर्ष १ अंक ४, २०५९, असोज) 

(बाह्रखरी डटकम अनलाइन पत्रिका र हातेमालो सञ्चारको सहकार्यमा आजदेखि हामी हातेमालो सञ्चारको बालपत्रिका ‘सुनकेस्रा’ नियमित रुपमा प्रस्तुत गर्नेछौं । यसपटक दसैंको मौका पारेर बालबालिकाहरुका लागि उपयोगी सामग्री दैनिक रुपमा प्रस्तुत गर्न आरम्भ गरेका छौं । आगामी सातादेखि हरेक शुक्रबार बालपत्रिका ‘सुनकेस्रा’ बाह्रखरीमा पढ्न र हेर्न पाइने छ । भाइबहिनीहरुले हातेमालो सञ्चार र बाह्रखरीको यस कार्यमा पक्कै पनि सहयोग गर्नेछन् । सबै भाइबहिनीलाई दसैंको हार्दिक मंगलमय शुभकामना ।
–प्रधानसम्पादक )

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC