site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुषमाको लघुकथा कृति ‘अनावरण’को लोकार्पण 
Sarbottam CementSarbottam Cement

ललितपुर । कथाकार सुषमा मानन्धरको लघुकथा संग्रह ‘अनावरण’को शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरियो । २४ लघुकथाहरुको संगालो ‘अनावरण’लाई छ जना स्रष्टाहरुले संयुक्तरुपमा लोकार्पण गरे । 

पेन नेपालद्वारा आयोजित लोकार्पण समारोहमा साहित्यकार हास्य व्यँग्यकार रामकुमार पाँडे, बालकथाकार विनय कसजु, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समालोचक दामोदर पुडासैनी, स्विट्जल्याण्ड पेनका सचिव एलिक्स प्यारोडी तथा लेखक सुषमा मानन्धरले संयुक्तरुपमा लोकार्पण गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा दामोदर पुडासैनीले ‘अनावरण’ लघुकथा संहग्रहले काठमाडौं उपत्यकाको आञ्चलिकता चित्रण गरेको उल्लेख गरे । उनले कृतिले समसामयिक परिवेश, नेपाली प्रशासनिक क्षेत्रमा रहेर काम गर्ने मानिसहरुको मनोविश्लेषण पनि गरेको बताए । 

कथाकार मानन्धरले आफ्नै परिवेश, भोगाई र जानकारीका आधारमा कथा सिर्जना गरेको बताईन् । पेन नेपालका महासचिव प्रकाश ए राज, सदस्य कोमल चित्रकार, स्वीट्जरल्याण्ड पेनका सचिव एलिक्स प्यारोडीले पनि आफ्ना धारणा राखेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC