site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘एक एक पाइला’ अभियानद्वारा डोल्पामा स्वास्थ्य शिविर सम्पन्न, २ हजार बढी बिरामीको उपचार 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘एक एक पाइला’ अभियानले डोल्पामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गतसाता भएको शिविरमा २ हजार बढी बिरामीको उपचार गरिएको अभियानका एक सदस्य डा. सुधांशु केसीले जानकारी दिए ।
यो १७ औं अभियान हो । यसअघि विभिन्न १६ स्थानमा यस्ता शिविर सञ्चालनमा आइसकेका छन् ।

\"\"

“हामीले भूकम्पबाट प्रभावित जिल्लाहरुमा सहयोग पुर्याउन लागि यो अभियान सुरु गरेका थियौं । सिन्धुपाल्चोकको चनौटेबाट सुरु गरेर गोरखाको घ्याचोकसम्म हामीले शिविर सञ्चालन गरिसकेका छौं,” डा. केसीले बाह्रखरीसँगको कुराकानीमा भने, “भूकम्पलगत्तै सुरु भएको यो अभियान जारी छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

भूकम्प प्रभावित जिल्लाहरुपछि यो अभियानलाई कर्णालीका जिल्लाहरुमा निरन्तरता दिइएको उनले बताए । अभियानका अनुसार डोल्पामा गत साता भएको शिविरमा २ हजार ४ जनाको उपचार गरिएको छ ।

Global Ime bank

\"\"

“हाम्रो यो १७ औं पाइला हो,” डा. केसीले भने, “मुख्यतः हामीले त्यहाँ दमका बिरामी बढी भेट्यौं । युवावस्थामै चुरोटको लतमा परेकाले दमका बिरामी बढी भेटिएको हुन सक्छ । त्यसबाहेक कर्णालीकै अन्य जिल्लाको तुलनामा ब्लड प्रेसर, पाठेघरको समस्या, हाडजोर्नी र हेपाटाइटिसका बिरामी पनि बढी भेटियो ।”

\"\"

शिविरमा लाग्ने खर्च अभियानकै सदस्यहरुबाट संकलन गरिएको थियो । त्यसमा वार्षिक सदस्य बन्नका लागि ५ हजार रुपैयाँ संकलन गर्नुपर्ने हुन्छ ।  अभियानले यसअघि मुगु, जुम्ला, हुम्ला र डोल्पामा पनि शिविर सञ्चालन गरिसकेको छ । शिविर सञ्चालनका लागि १९ जना चिकित्सकसहित ४२ जनाको टोली डोल्पा पुगेको थियो । 

\"\"

“हामीले विदेशी निकायबाट सहयोग लिएर शिविर सञ्चालन गरेका होइनौं,” डा. केसीले भने, “हामी आफ्नैको पहलमा गरिएको अभियान हो । यसमा केही विदेशमा बस्ने नेपालीले भने सहयोग गर्नुभएको छ भने यसको खर्चका लागि डा. सुमन थापा (अभियानकै सदस्य) नेतृत्वमा रहेको ब्लु फ्रेट ब्याण्डले कार्यक्रम गरेर पनि रकम संलकन गर्ने काम भइरहेको छ ।”

\"\"
 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०७५  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC