site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सुधारका लागि सबैभन्दा पहिले सत्य स्वीकार गर्ने आँट देखाउनुपर्छ । नेपाली सेनाका प्रधान सेनापतिले सेनाभित्र भ्रष्टाचार हुनेगरेको गुनासो व्यापक भएकाले त्यसको सम्बोधन गर्ने प्रतिबद्धता प्रकट गरेका छन् । उनले सेनामा भ्रष्टाचार हेर्ने निकाय नभएको जनगुनासो पनि मेटाउन सैनिक विशेष अदालतलाई प्रभावकारी बनाउन उपाय खोज्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् । नवनियुक्त प्रधान सेनापतिले सेनाका उच्च अधिकृतहरूलाई सम्बोधन गर्ने क्रममा विभागीय प्रमुखहरूलाई पनि भ्रष्टाचारका विषयमा सजग हुने निर्देशन दिएका छन् । प्रायः कमजोरी लुकाउने परम्परा भएका सुरक्षा संगठनमा यस प्रकारको आत्मनिरीक्षण सुधारका लागि सकारात्मक संकेत हो ।  

नेपाली सेनाभित्र भ्रष्टाचार र आर्थिक अनियमितता बढेको गुनासो व्यापक हुँदै गए पनि इन्कार र ढाकछोपकै प्रयास हुने गरेको थियो । सांकेतिकरूपमा केही कारबाही भए पनि त्यस्तो कारबाही न पर्याप्त थियो न पारदर्शी नै हुन्थ्यो । यसैले अहिलेसम्म अपेक्षाकृत विवादबाट मुक्त र जनताले धेरै विश्वास गरेको संस्था नेपाली सेनाप्रति समेत नेपाली जनता निराश हुन थालेका थिए । यस्तो अवस्थामा प्रधान सेनापति स्वयंले पारदर्शितामा जोड दिएर स्पष्ट सन्देश दिएका छन् । तर, सेनामा हुने आर्थिक अनियमितता र दण्डहीनताको कारण राम्ररी नपहिल्याई त्यसलाई नियन्त्रण गर्न सकिँदैन । नेपाली सेना सुरक्षासम्बन्धी कामबाट नभई ठेक्कापट्टाका कारण विवादमा परेको हो । यसैले सेनालाई विवादबाट मुक्त गर्ने हो भने सबैभन्दा पहिले व्यापार र ठेक्कापट्टाबाट अलग रहनुपर्छ ।  

जनता नेपाली सेनालाई साया गर्छन् । यसैले नेपाली सेनाको छविप्रति बढी नै चासो पनि राख्छन् । प्रधान सेनापतिले भनेजस्तै जनताको चासो  नेपाली सेनाको ‘व्यावसायिकता आँच नआओस्’ भन्ने नै हो । व्यापार र ठेक्कापट्टामा बढी संलग्न हुन थालेपछि भ्रष्टाचार र अनियमितताको जोखिम पनि उत्तिकै बढी हुनु स्वाभाविकै हो । यसैले प्रधान सेनापति साँच्चै नै नेपाली सेनालाई स्वच्छ र व्यावसायिक संगठन बनाउन ‘सुधारतर्फ उन्मुख हुन चाहन्छन् भने सबैभन्दा पहिले सेनालाई व्यापार र ठेक्कापट्टाबाट अलग गर्नुपर्छ । सेनाले नै नगरी नहुने काममा मात्र नेपाली सेना संलग्न हुनुपर्छ । आर्थिक क्रियाकलापमा संलग्नता नै कम भएपछि अनियमितता स्वतः नियन्त्रित हुनेछ । अनिमात्र नेपाली सेनालाई पारदर्शी र व्यावसायिक संगठन बनाउने चाहना पूरा हुनेछ । सेनाको साखलाई दाउमा राखेर भ्रष्टाचार र अनियमितता गर्दै आएको सेनाभित्र तथा बाहिरको समूहले त भ्रष्टाचार नियन्त्रणका लागि प्रधान सेनापतिलाई सहयोग नगर्ला तर जनताको भने साथ र समर्थन रहनेछ । प्रधान सेनापति आफ्नो प्रतिबद्धताप्रति गम्भीरतापूर्वक अगाडि बढे भने त्यसको परिणाम नेपाली सेना र जनताका लागि सुखद हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०७५  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC