खेल
काठमाडौं । पहिलो पटक सार्वजनिक गरिएको महिला ट्वान्टी–२० क्रिकेटको वरीयतामा नेपाल १८ औं स्थानमा पुगेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलो पटक सार्वजनिक गरेको वरीयतामा अष्ट्रेलिया शिर्षस्थानमा छ । न्युजिल्याण्ड दोस्रो, इंग्ल्याण्ड तेस्रो, वेष्ट इन्डिज चौथो तथा भारत पाँचौं स्थानमा रहेको वरीयतामा नेपाल १ सय १७ अंकका साथ १८ औं स्थानमा छ । नेपालभन्दा पछाडि हङकङ, नेदरल्याण्डस् र नामिबिया छन् । पछिल्लो समय गुमनाम जस्तै महिला क्रिकेट टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको छैन ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५ १६:२८
प्रतिक्रिया दिनुहोस्