अर्थ व्यवसाय
काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन २ शाखा उद्घाटन गरेको छ । बैंकले ताप्लेजुङस्थित फुङलिङ शाखा र महोत्तरीस्थित बर्दिबास शाखाको सञ्चालनमा ल्याएको हो ।
फुङलिङ शाखाको उद्घाटन नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले गरे भने बर्दिबास शाखाको उद्घाटन नगरापालिकाका मेयर विदुर कुमार कार्कीले गरे ।
बैंकले केन्द्रिय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५ १५:५९
प्रतिक्रिया दिनुहोस्