अर्थ व्यवसाय
काठमाडौं । नेपालको भ्रमणमा रहेको क्यानडाको उच्चस्तरीय औद्योगिक प्रतिनिधिमण्डलले नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग भेट गरेको छ । प्रतिनिधिमण्डल क्यानडाका संसद सदस्य ब्राड ट्रोस्टको नेतृत्वमा आएको थियो ।
भेटको अवसरमा सांसद ट्रोस्टले नेपालको विकास एवं समृद्धिका लागि नेपाली उद्योगीसँग सम्बन्ध विस्तार एवं लगानी गर्न आफूहरु इच्छुक रहेको बताए । उनले नेपाल विद्युत प्राधिकरणको विद्यमान संरचना भित्र अलगअलग निकायको व्यवस्था मिलाउन सके क्यानडाले नेपालको विद्युत् प्रसारण लाईनको विकास र सुधारमा नेपालको निजी क्षेत्रसँगको सहकार्यमा लगानी गर्न आफूहरु इच्छुक रहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५ १५:०४
प्रतिक्रिया दिनुहोस्