पुनर्निर्माण

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण गुरूयोजना बनाउने प्राधिकरणको प्रस्ताव

काठमाडौं । त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा त्रिचन्द्र क्याम्पसका प्रमुखसहितको टोलीबीच छलफल भएको छ । सोक्रममा त्रिचन्द्र क्याम्पसको एउटा वृहत् गुरुयोजनासहित पुननिर्माण गर्नेबारे छलफल भएको हो ।

रानीपोखरीसँगै रहेको त्रिचन्द्र क्याम्पसको ऐतिहासिक भवनको संरक्षण गरी उपयोगमा ल्याउनेबारे पनि छलफल भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरी तथा चित्रन्द्र क्याम्पसको पुनर्निर्माणलाई समन्वयात्मक ढंगले अघि बढाउने प्रस्ताव गर्दा त्रिचन्द्र क्याम्पसका क्याम्पस प्रमुख प्राडा प्रदीप बहादुर न्यौपानेले रानीपोखरी र त्रिचन्द्रका संरचना पुनर्निर्माणलाई सँगसँगै अघि बढाउँदा राम्रो हुने धारणा राखेका  थिए ।
 

तपाईंको मत