Skip Advt.

कोरियाबाट एभरेष्ट बैंकमा पैसा पठाउन मिल्ने

कोरियाबाट एभरेष्ट बैंकमा पैसा पठाउन मिल्ने

काठमाडौं । एभरेष्ट बैंक र दक्षिण कोरियाली मनि ट्रान्सफर अपरेटर फिनसर्ट आईन कर्पोरेटबीचमा रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतासँगै दक्षिण कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सहज हुने बताइएको छ ।
सम्झौतापत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् । क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन उत्पादन हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्नेछ । जसलाई सजिलै वेबसाइट तथा मोवाइल एप्लिकेसनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुवै डिभाइसमा उक्त एप्लिकेसन रहेको छ ।  
रेमिटयन्स पठाउनका लागि रेमिट्यान्स पठाउने मानिसले क्वाइसर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइसर्टले एभरेष्ट बैंकमार्फत् नेपालमा रेमिट्यान्स पठाउने छ ।
यो समझदारीसँगै बैंकको सेवा दक्षिण कोरियासम्म पुगेको छ । रेमिट्यान्स सिनोसर्टबाट प्राप्त हुने भएसँगै देशभर रहेको एभरेष्ट बैंकका ८२ वटा शाखा र ५५ सय रेमिट्यान्स एजेन्टमार्फत् भुक्तानी लिन सकिने छ । 
 


प्रतिकृया दिनुहोस