site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
स्वच्छ वातावरण छैन पशुपति वृद्धाश्रममा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सहज जीवनयापनको आशामा पशुपतिस्थित वृद्धाश्रमको आश्रयमा पुगेका वृद्धवृद्धाले दुई छाक खान त पाएका छन् तर स्वच्छ वातावरण पाएका छैनन् । 
स्वच्छ वातावरण र खानेपानी मानिसको नैसर्गिक अधिकार हो तर, वृद्धाश्रमको वातावरण र खानेपानी स्वस्थकर छैन । यस वृद्धाश्रमको प्रवेशद्वारमै पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित सार्वजनिक शौचालय रहेको छ । शौचालयको सफाइमा ध्यान दिएको देखिँदैन । शौचालय कै कारण वातावरण प्रदूषित मात्रै बनेको छैन, यहाँ बस्ने वृद्धवृद्धाको स्वास्थ्यमा समेत त्यसले प्रतिकूल असर पारिरहेको छ । 
यस वृद्धाश्रममा खानेपानीको पनि अभाव रहेको छ । स्वच्छ पानी पिउन पनि उनीहरुले पाएका छैनन् । विकास निर्माणका नाम खन्ने र भत्काउने काम हुँदा खानेपानीको व्यवस्था बिथोलिएको छ । । त्यसको पुनःनिर्माण गरिएको छैन । 
भूकम्पपछि यहाँका भवनहरु अस्तव्यस्त छन् । यहाँ रहेका भवनहरु जीर्ण छन् र बस्न योग्य छैनन् । भवनको कमीका कारण सयौं वृद्धवृद्धा कोचिएर बस्नुपर्छ । हाल यहाँ १६० वृद्धवृद्धा छन् । पुरुष ६५ र महिला ९५ जना छन् । तिनीहरुमध्ये ३५ जना अशक्त छन् । 
आश्रममा रहेका करीब ४० प्रतिशतले मात्रै वृद्धभत्ता पाउने गरेका छन् भने बाँकीले पाएका छैनन् । नागरिकता प्रमाणपत्र नभएका कारण उनीहरुले वृद्धभत्ता नपाएका हुन् । नागरिकता प्रमाणपत्रको व्यवस्था गरिदिन उनीहरुले आग्रह गरेका छन् । नागरिकता प्रमाणपत्र नभएकै कारण उक्त वृद्धाश्रमका वृद्धवृद्धा सरकारले व्यवस्था गरेको एकल भत्ता, अपाङ्ग भत्ता लगायतका सेवा सुविधाबाट वञ्चित छन् । 
देशभित्र र बाहिरका दाताहरुको सहयोगमा सञ्चालन भइआएको यो देशकै सबैभन्दा पुरानो वृद्धाश्रम हो र यसको सञ्चालन नेपाल सरकारले गर्दै आएको छ । 
यहाँ खानाका लागि दैनिक करीब रु ३३ हजार खर्च लाग्छ । त्यसको व्यवस्थापन दाताले गर्ने गरेका छन् । खानाका लागि नेपाल सरकारले वार्षिक रु एक करोड विनियोजन गरे पनि उक्त रकम फ्रिज हुने गरेको छ । दाताले दिएको बजेटले खानाको व्यवस्थापन हुने गरेको वृद्धाश्रमका कार्यालय सचिव मनोज बस्नेतले जानकारी दिए । 
सचिव बस्नेतले भने, “खानाका लागि दैनिक ३३ हजार रुपैंयाँ आवश्यक पर्छ । दाताबाट प्राप्त हुने सहयोगले नै पुग्छ । धेरै वृद्धवृद्धालाई आँखामा समस्या हुने गरेको छ । हामीले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरी उपचार गराउने गरेका छौँ ।” 

स्वास्थ्य परीक्षणका लागि हप्तामा तीन दिन डाक्टरको सहयोग लिने गरिएको छ । संस्थामा वृद्धवृद्धाको उपचारार्थ एक सरकारी स्वास्थ्य परिचारिका छन् भने एक गैरसरकारी परिचारिका छन् । 
आश्रममा जीर्ण भवन नै मुख्य समस्याको रुपमा रहेको सचिव बस्नेतले बताए । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले आश्रमको प्रवेश द्वारमा रहेको सर्वाजनिक शौचालय एक हप्ताभित्र सफा गरी बन्द गर्ने र आधुनिक शौचालय निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पशुपति क्षेत्रमा रहेको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय तथा खानेपानीको समस्या एक हप्ताभित्र समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । 
उनका अनुसार यहाँ वृद्धमैत्री खुला ठाउँ र भवन निर्माण गरिनुपर्छ ।
– वीरेन्द्र चम्लागाई (रासस)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC