site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

भक्तपुर, रासस । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताएका छन् । 
नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले खेलकूदको विकासमा सरकार लागिरहेको बताए । मन्त्री विश्वकर्माले भने, ,“सरकार गाउँ गाउँमा रङ्गशाला निर्माणको तयारीमा जुटेको छ, देशका सबै गाउँपालिका र नगरपालिकामा खेलकूद रङ्गशाला र सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइनेछ ।” 

भक्तपुरमा अन्तर्राट्रियस्तरको रङ्गशाला निर्माणका लागि सरकारले काम अगाडि बढाएको बताउँदै उनले विवाद निम्त्याएर यो अवसरलाई भक्तपुरका बासिन्दाले गुमाउन नहुने बताए । मन्त्री विश्वकर्माले खेलकूदमा लागेर अब खेलाडिले पछुताउनुपर्ने दिन गएको दाबी गर्दै भने, “वर्तमान सरकारले स्वर्णपदक विजेता खेलाडीलाई मासिक रु पाँच हजार र नेपालको ओलम्पियन खेलाडीलाई मासिक रु तीन हजारका दरले जीवनभर सम्मान भत्ता उपलब्ध गराएर वितरण गर्न थालिसकेको छ ।” 

सरकारले समृद्ध नेपाल र सुखी नेपाली अभियान शुरु गरेको बताउँदै उनले खेलको विकासले मात्र त्यो सम्भव भएकाले सरकारले खेलकूदका लागि चाहिने आवश्यक वातावरण बनाउने बताए । सरकारले खेलाडीको स्वास्थ्य एवं जीवन बीमा गर्ने प्रबन्ध सरकारले गरिसकेको मन्त्री विश्वकर्माको भनाइ थियो । नेकपाका भक्तपुर अध्यक्ष बचन देउजाले खेलकूदको विकासले नै देशको विकास हुन्छ भन्दै खेलकूद र खेलाडीको विकासमा सरकार लाग्नुपर्नेमा जोड दिए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC