खेल
काठमाडौं । वर्षाका कारण रोकिएको नेपाल र सिंगापुरबीचको खेल सुरु भएको छ । नवौं ओभरको समाप्तीमा सिंगापुरले ३ विकेट गुमाएर ४८ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।
मलेशियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा केही समय रोकिएको खेल पुनः सुरु भएको हो । टस हारेर सिंगापुरले पहिले ब्याटिङ गरीरहेको छ । नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र वसन्त रेग्मीले १–१ विकेट लिएका छन् । आजको खेलको विजेताले जारी आइसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटको समूह विजेताको टुंगो लगाउनेछ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५ १३:३०
प्रतिक्रिया दिनुहोस्