खेल
काठमाडौं । नेपाल र सिंगापुरबीचको खेल वर्षाका कारण रोकिएको छ । मलेशियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस हारेर सिंगापुरले पहिले ब्याटिङ गरेको थियो ।
नवौं ओभरको समाप्तिमा सिगांपुरले ३ विकेट गुमाएर ४८ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको हो । खेल रोकिँदासम्म सिगांपुरका सुरेन्द्रन चन्द्रमोहन २१ र मनप्रित सिंह ५ रनमा बनाएर क्रिजमा छन् । नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिएका छन् । आजको खेलको विजेताले जारी आईसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटको समूह विजेताको टुंगो लगाउनेछ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५ १३:०७
प्रतिक्रिया दिनुहोस्