site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मैले बोल्ने बोलिसकें, अब बोल्दिनँ : रामवीर
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( ने क पा)का सांसद रामवीर मानन्धरले आफूले बोल्ने कुरा जति बोलिसकेको र योभन्दा बढी नबोल्ने बताएका छन् । उनले राजीनामा दिने घोषणा गरेको काठमाडौं–७ मा चुनाव लड्नबाट ने क पाका नेता वामदेव गौतम पछि हटेको भन्ने कुरा सार्वजनिक भएपछि अब सो क्षेत्रको सांसदमा तपाईंको दावी रहन्छ कि रहँदैन भन्ने बाह्रखरीको प्रश्नमा उनले भने, ‘‘मैले भन्नुपर्ने कुरा भनिसकेको छु । सबै रेकर्डमा छन् । त्यसैले म यो भन्दा बढी बोल्न चाहन्नँ ।’’

नेता गौतमले निर्वाचित सांसदलाई राजीनामा गराएर उपनिर्वाचन गराउन खोजेको भनेर जसरी उनको आलोचना भइरहेको छ, त्यसैगरी जनमतलाई बेवास्ता गर्दै राजीनामा दिन लागेको भनेर सांसद रामवीरको पनि सर्वत्र आलोचना भइरहेको छ । उनका पछिल्ला गतिविधिले सांसदको रुपमा रहन साँच्चै लायक नभएको भनेर समेत सामाजिक सञ्जालहरुमा कडा आलोचना भइरहेको छ । तर, मानन्धरले भने उपनिर्वाचन नभएको अवस्थामा सो पदमा रहिरहने वा राजीनामा नै दिने भन्नेबारेमा स्पष्ट कुरा बताउन चाहेनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबार बिहान राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव उपनिर्वाचन लड्ने कुराको प्रसंग टुंगिइसकेको बताएका थिए । कागेश्वरी मनहरा नगरपालिकामा आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा दाहालले वामदेव आफैंले चुनाव नलड्ने बताएकाले यो ‘लफडा’ अब सकिएको उल्लेख गरेका थिए । 

“रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो अब । यसमा केही टेन्सन लिनुपर्दैन,” दाहालले सो अवसरमा बताएका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC