site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एम्बाप्पेले गरे अन्तिम समयमा गोल, आइसल्यान्डसँग बराबरी
Sarbottam CementSarbottam Cement

एजेन्सी । वैकल्पिक खेलाडी केलियन एमबाप्पेले अन्तिम समयमा गरेको गोलमा विश्व विजेता फ्रान्सले आइसल्यान्डसँग २–२ को बराबरी खेलेको छ ।

दुई शुन्यले पछि परेको अवस्थामा फ्रान्सले उत्कृष्ट पुनरागमन गरेको हो । एमबाप्पे ६०औं मिनेटमा मैदान प्रवेश गरेका थिए । पिएसजीका फरवार्ड एमबाप्पेले ८६औं मिनेटमा हानेको प्रहार आइसल्यान्डका गोलकिपर रनर एलेक्स रनर्सनले राम्रो नियन्त्रणमा लिन सकक्दा रक्षक होल्मार ओर्न इजोलफसनलाई लागेर गोलमा परिणत भएको थियो । अन्तिम मिनेट १९ वर्षे एमबाप्पले पेनाल्टीमा गोल गरेपछि फ्रान्स बराबरी गर्न सफल भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

विरकरि विजर्नासनको गोलमा आइसल्यान्डले ३०औं मिनेटमा अग्रता लिएका थिए भने ५८औं मिनेटमा करी एन्डरसनले अग्रता दोब्बर पारेका थिए । भ्रमणकारी आइसल्यान्डले यसअघिका ९ खेलमा पनि जित निकाल्न सकेको थिएन । नेसन्स लिगमा आइसल्यान्ड स्विट्जरल्यान्ड र बेल्जियमसँग पराजित भएको थियो । २०१६ को युरो कपको क्वार्टरफाइनलमा आइसल्यान्ड फ्रान्ससँग ५–२ ले पराजित भएको थियो । यसअघिका १२ खेलमा आइसल्यान्डले फ्रान्सलाई हराउन सकेको छैन ।

कम बल पोसेसनका बाबजुद पनि भ्रमणकारी आइसल्यान्डले फ्रान्सलाई हराउने संकेत गरेको थियो । तर ६०औं मिनेटमा मैदान छिरेका एमबाप्पे नायक बनेपछि आइसल्यान्डका जित्ने सपना पूरा हुन सकेन । यससँगै फ्रान्सले अपराजित यात्रालाई १३ खेलसम्म लम्ब्याएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  ०८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC