site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नाइजेरियादेखि नेपालसम्म वनमान्छेको तस्करी
Ghorahi CementGhorahi Cement

बीबीसी । अफ्रिकी राष्ट्र नाइजेरियादेखि नेपाल सम्म वनमान्छे (चिम्पान्जी)को तस्करी हुने गरेको बीबीसीले जनाएको छ ।  बीबीसीको एउटा अनुसन्धानबाट भएको खुलासाका आधारमा नेपाल प्रहरीले सो संरक्षित वन्यजन्तु तस्करी गर्ने  प्रयास विफल पारिदिएको छ ।

उद्धार गर्दा बूढीऔँला चुसिरहेका थकित अनि भोका चिम्पान्जीका दुई बच्चा देखेपछि प्रहरीहरू नै स्तब्ध हुन पुगेका थिए । नाइजेरियाको वनमा समातिएका ती ‘वनमान्छे’का बच्चालाई तस्करहरूले विमानमा लुकाएर हजारौँ किलोमिटर टाढा नेपाल ल्याउने गरेका हुन् ।

नेपाल प्रहरीका अनुसन्धान प्रमुख अनुपम राणा भन्छन, “तिनीहरू साना बच्चाजस्तै थिए । लट्ठ्याउने औषधी दिएर सामान राख्ने बट्टामा लुकाइएका यी वन्यजन्तु ओसार्न छ देशमा सक्रिय वन्यजन्तु तस्करहरूको सञ्जाल सक्रिय भएको थियो ।”

Agni Group

चिम्पान्जी संकटापन्न जीव भएपनि तिनलाई घरमा पाल्नका लागि तस्करी गर्ने गरिएको छ । एउटाको १२ हजार ५०० डलर (झन्डै १४ लाख रुपैयाँ) मूल्य राखेर तिनलाई अवैध रूपमा बेच्न लागिएको थियो ।

विश्वभरि प्रत्येक वर्ष हुने अर्बौँ डलर बराबरका वन्यजन्तुको तस्करीबारे यो साता लन्डनमा आयोजित वन्यजन्तुको अवैध व्यापारसम्बन्धी सम्मेलनमा छलफल हुनेछ । भयावह बनिरहेको चिम्पान्जी तस्करीबारे बीबीसीले गरेको अनुसन्धान र खुलासाबारे समाचार हेरेका काठमाण्डुका प्रहरी अधिकारीहरूले यी दुईको उद्धार गरेका हुन् ।

Global Ime bank

चिम्पान्जीका बच्चा कसरी नेपाल आइपुगे ? वनमा चोरी सिकारी गर्नेले एउटा चिम्पान्जीको बच्चा समात्नको लागि उसको परिवारका १० वटासम्म वयस्क सदस्यलाई मार्ने गरेको विज्ञहरू बताउँछन् । त्यसरी मारिएका चिम्पान्जीको मासु पनि बेच्ने गरिन्छ । त्यसपछि बच्चा वन्यजन्तु तस्करसँग सम्पर्क भएको दलालको हातमा पुग्छन् ।

बीबीसी अनुसन्धानले कसरी दर्जनौँ वा त्योभन्दा बढी संख्यामा चिम्पान्जीहरू पश्चिम अफ्रिकी देशबाट मध्यपूर्व र एशियाका ग्राहक समक्ष पु¥याइएको थियो भनेर खुलासा गरेको थियो । बीबीसीले आइभोरी कोस्टदेखि नेपालसम्मको यात्राको क्रममा टर्कीको इस्तानबुलमा एउटा वनमान्छेको बच्चा मरेको समाचार प्रसारण गरेपछि नेपाल प्रहरी उनीहरूले सोच्दै नसोचेको खतराका विषयमा सतर्क भएका थिए ।

गत वर्षको अक्टोबरमा त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा उत्रिएको टर्किश एअरलाइन्सको विमानबाट एउटा शंकास्पद बट्टा झारिएको खबर नेपाल प्रहरीको अपराध अनुसन्धान ब्यूरो सीआईबीलाई प्राप्त भएपछि प्रहरीले खोजी थालेको थियो । त्यो बट्टा राखिएको भ्यानलाई पछ्याएको प्रहरीले पछि त्यसमा विभिन्न खण्डहरू बनाइएको, माथिल्ला खण्डमा सुगाजस्ता सामान्य चरा राखिएको पायो । तल्लो खण्डमा चाहिँ संकटापन्न वन्यजन्तुको सूचीमा राखिएका साना चिम्पान्जी थिए ।

प्रहरी नायब उपरीक्षक अनुपम राणा भन्छन, “चिम्पान्जीका बच्चाको आँखामा हेर्दा साह्रै दुःख लाग्यो । उनीहरू बोल्न सक्दैनथे, तर उनीहरू एकदमै थकित र एकदमै विचलित देखिन्थे। उनीहरूको अवस्था साह्रै नराम्रो थियो ।”

नौ जनाविरुद्ध मुद्दा
नेपाल प्रहरीको सुरक्षा कारबाहीपछि पक्राउ गरिएका नौ जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ । यी चिम्पान्जीका बच्चालाई उत्तरी नाइजेरियामा सिकारीहरूले समातेर एक पाकिस्तानी व्यक्तिलाई बेचिएको आशंका गरिएको छ । दुबईमा पैसा साटेर ती सिकारीलाई पैसा दिइएको आशंका गरिएको छ ।

यी वनमान्छेका बच्चालाई नाइजेरियाको लेगोस सहरसम्म मोटरमा ल्याएर टर्किश विमानमा इस्तानबुल ल्याइएको र त्यहाँबाट काठमाण्डौं ल्याइएको थियो ।

नेपालको बाटो हुँदै यी दुईलाई भारत लग्न खोजिएको आशंका छ । नेपाल प्रहरीको सीआईबीका तत्कालीन प्रमुख पुष्कर कार्कीको भनाइमा वन्यजन्तु तस्करी अपराध दुई ठूला छिमेकी चीन र भारतबीच अवस्थित नेपालमा अहिले अर्को ठूलो समस्याको रूपमा देखा पर्न थालेको छ ।

उद्धार गरिएको भए पनि ती दुई चिम्पान्जी अहिले नेपाल र नाइजिरेयाबीच कूटनैतिक द्वन्द्वमा अल्झिएका छन् । वन्यजन्तु र वनस्पतिको गैरकानुनी व्यापार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय  महासन्धिअनुसार पक्राउ परेका वा समातिएका वन्यजन्तुलाई तिनको उद्गम मुलुकमै फिर्ता गर्ने नियम छ ।

नाइजेरियाले यी चिम्पान्जी फिर्ता हुनुपर्ने माग नेपालसमक्ष राखेको छ । तर नेपालले यी जीवलाई तस्करीमा संलग्न व्यक्तिहरू मुछिएको मुद्दाको प्रमाणको रूपमा राख्न खोजेको छ । यी जनावर हाल अन्य वन्यजन्तु र चराहरू पनि भएको सदर चिडियाखानाको एउटा कुनामा पिँजडामा राखिएका छन् । उमेरसँगै शरीरको आकार पनि बढिरहेका यी जनावरको सुरक्षा र स्याहारसुसारका लागि कर्मचारीहरू खटाइएका छन् । 

बीबीसीबाट 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC