site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ट्वान्टी—२० विश्वकप छनोटः  नेपाल सिंगापुरविरुद्ध खेल्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  नेपालका लागि सिंगापूर बलियो प्रतिद्वन्द्वी होइन । आइसिसी ट्वान्टी—२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्रको छनोटमा पनि नेपाल सिंगापूरमाथि सहज जित निकाल्दै विजेता बन्न चाहन्छ ।

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा नेपालले सिंगापुुरसँग १२.१५ बजे प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा समान १० अंकका साथ नेपाल र सिंगापुर क्रमश पहिलो र दोस्रो स्थानमा छ । शुक्रबारको खेलले विजेताको टुंगो लाग्नेछ । यसअघिका सबै खेलमा नेपालले जितका लागि संघर्ष गर्नु परेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

सात टोली सम्मिलित एसियाको पूर्वी क्षेत्रबाट नेपाल र सिंगापूरले अघिल्लो चरणमा स्थान बनाइसकेका छन्.। चीन र थाइल्यान्डबीचको खेलले तेस्रो टोलीको पनि टुंगो लाग्नेछ । चीनलाई पराजित गरे मलेसिया र थाइल्यान्ड मध्ये राम्रो रनरेटका आधरमा एक टोली अघिल्लो चरण पुग्नेछन् । 

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटको नतिजामा पराजित गरेको थियो भने भने चीनलाई १० विकेटले हराएको थियो । थाइल्यान्डमाथि १ सय ७२ रनले विजय निकालेको नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको थियो । 

Global Ime bank

पछिल्लो दुई ट्वान्टी–२० खेलको नतिजा नेपालको पक्षमा छ । २००९ नोभेम्बर २९ मा एसिसी ट्वान्टी–२० कपमा पाँचौ स्थानका लागि भएको प्लेअफ खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको थियो भने २०१३ मे ३१ मा नेपालमै भएको एसिसी ट्वान्टी कपमा नेपालले सिंगापुरमाथि १ सय २१ रनको विजय हासिल गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC