site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कपिल शर्माको कमेडी शो फेरि आउने 
Sarbottam CementSarbottam Cement

बीबीसी । हास्य विधाका माध्यमबाट दर्शकको मन मस्तिष्कमा बस्न सफल हास्य कलाकार कपिल शर्मा फेरि एक पटक ‘कमेडी शो’ ल्याएर आउन लागेका छन् । कुनै समयमा भारतीय टेलिभिजनमा कपिल शर्माको ‘कमेडी शो’ अत्याधिक हेरिने ‘शो’ थियो भने उनको ‘टिआरपी’ आकाशिदो थियो ।

तर चर्चासँगै कपिल शर्माको ‘शो’ लाई कयौं प्रकारका कठिनाईहरुको सामना गर्नु पर्यो । पहिलो ‘शो’ को शुरुवात कलर्स टिभीमा भएको थियो । तर च्यानलसँगको खटपट पछि उक्त ‘शो’ सोनी टिभीमा प्रदर्शन हुन थालेको थियो । गुत्थी र डा. गुलाटीको भूमिकामा देखिदै आएका सुनील ग्रोवर र कपिल शर्माबीचको विवाद ‘शो’ का लागि कठिन हुन पुग्यो । ग्रोवर उक्त ‘शो’ का लागि कपिल शर्माभन्दा बढी मन पराइने कलाकार बन्न सफल भइसकेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि पछि सोनी टिभीले कपिल शर्माको ‘शो’ लाई केही समयका लागि पुनः शुरु गरेको थियो । अब हास्य कलाकार कपिल शर्मा लामो समयक अन्तरालपछि एक पटक फेरि टिभीमा ‘कम ब्याक’ गर्न गइरहेका छन् । आगामी महिनाबाट कपिल शर्माको ‘द कपिल शर्मा शो २’ सोनी टिभीमा प्रशारण हुने भएको छ । 

बीबीसीसँगको कुराकानीमा कपिल शर्माले आफू यति लामो समयसम्म सार्वजनिक स्थानमा नदेखिनुका पछाडिको मुख्य कारण मदिराको कुलत भएको बताएका छन् । उनी भन्छन्, ‘‘म वर्कहलिक हुँ तर मैले अत्यन्तै धेरै पिउन (मदिरा) शुरु गरेको थिएँ । जुन मेरो गल्ती थियो । तर मान्छेलाई उ गलत गरिरहेको छ भन्ने थाहा भएपछि उसले त्यसलाई अर्को पटक त्यसलाई दोहोर्याउँदैन । मान्छे आफ्नो अन्तिम श्वाससम्म केही न केही सिकी नै रहेको हुन्छ र म पनि सिकी रहेको छु ।’’ 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC