site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इन्डोनेसिया । इन्डोनेसियामा करिब दुई हप्ता अगाडि गएको भूकम्प र त्यसपछि आएको सुनामीको कारण बेपत्ता व्यक्तिहरुको खोजी र उद्धार कार्य बन्द गरिने भएको छ । 
त्यस भूकम्प र त्यसपछिको सुनामीका कारण अझै पनि ५ हजार व्यक्ति बेपत्ता रहेका अनुमान गरिएको छ । 

हजारौँको सङ्ख्यामा व्यक्ति बेपत्ता रहेका भए पनि खोजी र उद्धार कार्य भने बिहीबारबाट बन्द गरिने भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गत सेप्टेम्बर २८ तारिखमा इन्डोनेसियाको पालु शहरमा ७।५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको जानकारी यसअघि नै सार्वजनिक भएको छ । 

यस भूकम्पसँग सम्बन्धित सम्पूर्ण उद्धारकार्य बिहीबार अपराह्नबाट अन्त्य गरिने खोजी र उद्धार कारबाही ९एसएआर० का निर्देशक बाम्बाङ सुर्योले एएफपी समाचार समितिलाई बताएका छन् ।  

Global Ime bank

पालु शहरमा २ लाख व्यक्तिलाई पिउने पानी र औषधी उपचारलगायतका मानवीय सहयोगको आवश्यतासम्बन्धी सामग्रीहरु उपलब्ध गराइएको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ । 

उक्त शहरका करिब ८० हजार व्यक्ति यस शक्तिशाली भूकम्पपछि विस्थापित भएका छन् । आफ्नो घर ध्वस्त भएका कारण हजारौंको सङ्ख्यामा निर्माण गरिएका अस्थायी शिवीरमा उनीहरु बसेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC