site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इन्डोनेसिया । अन्तर्राष्ट्रिय मुद्राकोषका प्रमुख क्रिस्टिन लागार्डले अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउनु ठीक रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर वित्तीय बजारमा समस्या सिर्जना गरेको आरोप लगाएका थिए ।  

मुद्राकोष र विश्व बैंकको इन्डोनेसियामा शुरु भएको वार्षिक बैठकमा सम्बोधन गर्दै प्रमुख लागार्डले बढ्दो वित्तीय अस्थिरताले विश्वभर समस्या ल्याउने खतरा रहेको चेतावनी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

इन्डोनेसियाको बालीमा आयोजित पत्रकार भेटघाटमा लागार्डले वित्तीय बजारमा देखिएका समस्या सुल्झाउन केन्द्रीय बैंकहरुले स्वतन्त्र किसिमबाट निर्णय गर्न पाउनुपर्छ भने । 

बुधबार अमेरिकी वाल स्ट्रिटमा समस्या आएसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भ (केन्द्रीय बैंक) ले ब्याजदर बढाएर गल्ती गरेको बताएका थिए । उनले भने, “मेरो विचारमा फेडको निर्णय मूर्खतापूर्ण हो ।” 

Global Ime bank

ट्रम्पले वाल स्ट्रिटमा भएको बढोत्तरीलाई आफ्ना नीतिहरुको सफलताका रुपमा प्रचार गर्नुका साथै ब्याजदरमा निरन्तर भइरहेको वृद्धिका सम्बन्धमा केन्द्रीय बैंकको आलोचना गर्छन् ।  

आर्थिक परिदृश्यमा कालो बादल लागिरहेको परिस्थितिमा छलफल गर्न इन्डोनेसियाको बालीमा विश्वका वित्तीय प्रमुखहरु छलफलमा जुटेका छन् । बुधबार मात्र मुद्राकोषले सार्वजनिक गरेको विश्वको आर्थिक परिदृश्य प्रतिवेदनमा व्यापार तनाव अझ बढेमा वा उदीयमान अर्थतन्त्रमा गिरावट आएमा जोखिमहरु देखिने बताएको थियो । 

विश्वमा अहिले खासगरी अमेरिकी राष्ट्रपति ट्रम्पको चीनसँगको करवृद्धि युद्ध तथा विश्वभर स्थापित व्यापारिक व्यवस्थालाई ट्रम्पको अस्वीकृतिले समस्या निम्त्याएको छ । 

मुद्राकोष प्रमुख लागार्डले विश्वको व्यापार प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको बताए । उनले वर्षौंको प्रयत्नबाट निर्माण भएको यो प्रणालीलाई भत्काउन नहुने चर्चा गरे । हाल विश्वभर राष्ट्रवादी र संरक्षणवादी धारणा प्रखर रुपमा उठ्न थालेको अवस्थामा लागार्डको यो भनाइ सार्वजनिक भएको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC