Skip Advt.
ad

देश

उपचारमा पत्रकारलाई ५० प्रतिशत छुट

बाँके । कोहलपुरमा सञ्चालित दन्त अस्पतालले उपचारका क्रममा पत्रकारलाई ५० प्रतिशत छुट दिने भएको छ । 

अस्पतालमा मुख तथा दाँतको उपचारमा पत्रकारलाई उक्त छुट व्यवस्था गरिएको अस्पताल प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए। दश शय्याबाट सेवा प्रारम्भ गरिएको उक्त अस्पतालमा थप सुविधासमेत बढाउँदै लैजाने योजनामा आफूहरु रहेको प्रमुख शाहीले बताए । 

न्यूरोडमा स्थापना गरिएको अस्पतालमा दाँतसम्बन्धी सम्पूर्ण रोगको विशेषज्ञ सेवा उपलब्ध गराइनेछ । उपचारमा मुक्तकमैया, लोपोन्मुख जातजाति, भूमिहीन, सुकुम्बासी, एकल महिला तथा ज्येष्ठ नागरिकलाई समेत ५० प्रतिशत छुट गराउने बताइएको छ । रासस

तपाईंको मत