Skip Advt.
ad

खेल

मनाङ र सिग्नेचर ह्विस्कीबीच प्रायोजन सम्झौता

मनाङ र सिग्नेचर ह्विस्कीबीच प्रायोजन सम्झौता
baahrakhari

काठमाडौं । सिग्नेचर ह्विस्कीले ए डिभिजन क्लब मनाङ मस्र्याङदीलाई मुख्य प्रायोजन गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा  प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । क्लबका अध्यक्ष मुखिया कान्छा गुरुङ र सिग्नेचरका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार सिग्नेचरले मनाङलाई १ बर्षमा २५ लाख उपलब्ध गराउने छ । मनाङले जारी लिगमा सिग्नेचरको लोगो भएको जर्सि लगाउनेछ । यस्तै मनाङको अघि सिग्नेचर थपिनेछ । यसअघि मनाङलाई लक्ष्मी हुन्डाईले प्रायोजन गरेको थियो । 


तपाईंको मत