site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘जात्रै जात्रा’ ब्याज खान आउन लागेको होइन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रा’को सिक्वेल निर्माणको घोषणा गरिएको छ । विहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर चलचित्र ‘जात्रा’को सिक्वेल निर्माणको घोषणा गरिएको हो । 

फागुन १७ गतेलाई रिलिज डेट लिएको चलचित्रको नाम ‘जात्रौ जात्रा’ राखिएको छ । “चलचित्र सिक्वेल हो तर केही न केही नयाँ कथा हुन्छ,” जात्रै जात्राका निर्देशक प्रदीप भट्टराईले भने, “यो पटक पनि मेहनती र राम्रो टिम बनेको छ । राम्रो काम गर्नेछौं त्यसैले राम्रो चलचित्र निर्माण हुने हाम्रो विश्वास छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रका कार्यकारी निर्माता रबिन्द्रसिंह वानियाले ‘जात्रा’को ब्याज खान ‘जात्रै जात्रा’ निर्माण गर्न नलागेको स्पष्ट पारे । “पहिलो चलचित्र राम्रो बनेको थियो, त्यसको सिक्वेल बनायो भने चल्छ भनेर हामी यो चलचित्र निर्माण गरिरहेका छैनौं,” कार्यकारी निर्माता बानियाँले भने, “तीनवटा स्क्रिप्ट रिजेक्ट गरेर चौथो स्क्रिप्ट ओके गरेका हौं, त्यसैले पनि चलचित्र राम्रो  बनेको छ ।” 

‘जात्रै जात्रा’ का मुख्य कलाकार विपिन कार्कीले ‘जात्रा’ले राम्रो प्रतिकृया पाएकाले यसको सिक्वेल राम्रो बनाउन दबाब रहेको बताए । “जात्रा भन्दा राम्रो चलचित्र बनाउनुपर्ने छ, त्यसैले हामीले बोलेर यस्तोउस्तो चलचित्र बनाउँछौं भन्दापनि काम गरेर देखाउनुपर्छ, त्यसैले अहिले धेरै बोल्दिन राम्रो काम गरेर देखाउनुछ ।”

Global Ime bank

‘जात्रै जात्रा’ की नायिका वर्षा राउतले यो चलचित्रमा पनि विपिनको अपोजिटमा रहेको बताएन् । “सिक्वेल भएकाले ‘जात्रा’ कथा जहाँबाट सुरु भएको हो त्यहीँबाट उठान हुने भएकाले पक्कै पनि यो पटक पनि म विपिन कै श्रीमतीको रुपमा हुनेछु,” उनले ठट्टा गर्दै भनिन्, “एक जुनीमा एक जनाकै श्रीमती त हुने हो नि हैन र ?”
चलचित्रमा रविन्द्र सिंह बानिया, रविन्द्र झा, अञ्जु महर्जनलगायतका कलाकारले अभिनय गर्नेछन् । 

कार्यक्रममा उपस्थित हाँस्यब्यग्य कलाकार हरिवंश आचार्यले ‘जात्रै जात्रा’ युनिटलाई सुभकामना दिएका थिए । “जात्रै जात्रा भएको देशमा अर्को जात्रै जात्रा’ थपिँदैछ । मेरो जिन्दगीमा त झनै यसको ठूलो महत्व छ । वर्षमा एक पटक हुने जात्रामा अभिनय गरेर आजको दिनसम्म आएको हुँ,” आचार्यले भने, “अघिल्लो जात्राले जस्तै यो जात्रै जात्राले पनि सफलता पाउनेछ भन्ने मेरो विश्वास छ ।”

दसैंको पूर्णीमाको भोलीपल्टबाट छायांकन शुरु हुने चलचित्र काठमाडौंको अशन र बौद्धमा सुटिङ गरिने छ । चलचित्र ३५ दिन सुटिङ हुने निर्माण पक्षले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC