site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अजितको निर्णायक गोलमा पुलिसको विजयी सुरुवात
Sarbottam CementSarbottam Cement

काठमाडौं । अजित भण्डारीको निर्णायक गोलमा विभागीय क्लब नेपाल पुलिसले सहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै पुलिसले विजयी सुरुवात गरेको हो । जितसँगै पहिलो खेलमा स्पस्ट तीन अंक लिने पुलिस क्लब तेस्रो टोली बनेको छ । यसअघि संकटा र थ्री स्टारले तीन अंक बटुलेको थियो । सातोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले खेलको ३१ औं मिनेटमा अग्रता लिएको थियो । 

तेज तामाङको क्रसलाई अजितले पोष्टको दिशा दिएका थिए । ओलालेकन अफिज लवालले सुमन लामालाई लडाएपछि पुलिस क्लबले फ्री किक पाएको थियो । फ्री किकमा सुमनले सँगै रहेका तेजलाई पास दिए । तेजले थोरै अगाडि बढाएर गरेको क्रसमा अजितले गोल गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

७५औं मिनेटमा ‘वान भर्सेज वान’ को स्थितिमा बैकल्पिक खेलाडी प्रज्वल थापामगरले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाइदिएपछि जावलाखेल बराबरी गर्नबाट चुक्यो । 

त्यसअघि पनि पुलिस क्लबले गोलको केही राम्रा अबसर सिर्जना गरेको थियो । पुलिसले सातौं मिनेटमा सुमन लामाको फ्री किक थोरैले बाहिरिएको थियो । त्यसको तीन मिनेट बित्न नपाउँदै सन्तोष हेमरूनको क्रसमा अभिषेक रिजालले बक्सभित्रबाट गरेको हेडले पनि पोष्टको दिशा लिन सकेन । २०औं सन्तोष हेमरूनले हानेको प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले मुस्किलले बचाएका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC