प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन गर्न मनाङ

मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको बिहीबार उद्घाटन गरे । 

सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताए । स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको भन्दै प्रधानमन्त्रीले आधुनिक प्रविधिको प्रयोग गरी कृषि क्षेत्रबाट उद्योगतर्फ जान सकिने विचार व्यक्त गरे । 

उनले सरकारले यो वर्ष स्याउ कृषकका लागि रु १० करोड अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको बताए। 

अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको लक्ष्य रहेको भन्दै विकट र असुरक्षित स्थानमा विकास गर्न कठिनाइ हुने भएकाले त्यस्ता बस्तीलाई सारेर एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिए । 

मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले स्थापना गर्नुभएको स्याउ बगैँचामा ६८ हजार स्याउका बिरुवा छन् । आगामी वर्ष १० हजार बिरुवा थप्ने उहाँले बताउए। ७३५ रोपनी क्षेत्रफलमा स्याउ लगाइएकामा ४२५ रोपनी क्षेत्रफलबाट उत्पादन भएको छ । स्याउ बगैँचा मा रु ३० करोडको लगानी रहेको छ । प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार ५५ जना कर्मचारी रहेका छन् । उनका अनुसार अत्याधुनिक चिस्याङ केन्द्रमा जुस उद्योगको समेत स्थापना गरिएको छ । रासस

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

कांग्रेसले भन्यो–प्रधानमन्त्रीज्यू, बयलगाडा चढेर सगरमाथा पुगिन्न 

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्नो शालिनतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएको छ ।  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले

प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने

धनगढी, रासस । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएको छ । प्रदेशसभा

बैङ्क ब्याजदरबारे उद्योगीको आन्दोलन : बालुवाटारमा छलफल, माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

विराटनगर । ब्यादर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायी र सरकारबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री

बैंकलाई ब्याजदर लचिलो बनाउन प्रधानमन्त्रीको आग्रह 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि ब्याजदरमा लचिलो हुन आग्रह गरेका छन् । प्रधानमन्त्री